प्रेममा धोका भएपछि रकम र औंठी फिर्ता गर्न माग

out-of-love
२४ साउन, सोलुखुम्बु । कसैसँग तपाईंको प्रेम प्रसङ्ग चलेको छ भने माया गर्ने बहानामा पैसाको कारोबार नगर्नुहोला । किनकी तपाईंको माया सफल हुन सकेन भने तपाइर्ंले दुःख पाउनु हुनेछ ।
माया सफल नभएर केटाले अर्कैसँग विवाह गरेपछि सोलुखुम्बुकी सुनिता राईले आफ्नो प्रेमीलाई दिएको पैसा उठाउनका लागि दुईपटक न्यायिक निकाय धाइसकेकीछन् ।
सोलुखुम्बु बासा-६ की सुनिताको वाकुका नवीन मगरसँग प्रेमसम्बन्ध चलेपछि नवीनलाई २०६८ सालमा २५ हजार नगद र २०६९ भदौमा छ आनाको सुनको आैंठी दिएकी थिइन् ।
उनीहरुको प्रेम सफल नभएपछि २०७० भदौ १० गते वाकु प्रहरी चौकीमा कागज बनाइ २०७० पुसमा फिर्ता गर्ने सहमति भएको थियो । तर हालसम्म पनि पैसा र सुन फिर्ता नदिएपछि अहिले उजुरी गर्न सुनिता घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा आएको सहजकर्ता उर्मिला बस्नेतले जानकारी दिइन् ।
तर सुनिताका पूर्व प्रेमी नवीनले भने पैसा दिने सहमति भएको समयमा पैसा लिन नआएकाले फिर्ता नगरेको बताएको केन्द्रले जनाएको छ ।
नवीनले पैसा र औँठी फिर्ता नगरेपछि सुनिताले नवीनको श्रीमतीसँग समेत झगडा गरेपछि शुक्रबार सो केन्द्रमा छलफल गरी १५ दिनभित्र नगद र सुनको औँठी फिर्ता गर्ने कागज बनाइएको सहजकर्ता बस्नेतले जानकारी दिए । रासस


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment