सिन्धुपाल्चोकको राम्चे–५ को जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोशी नदीको बहाव सहज बनाउन नेपाली सेनाले २३ साउनमा ९ वटा विष्फोट गराएको छ ।
शुक्रबार , २३ साउन २०७१
थुनिएको सुनकोशी नदीको बहाव सुचारु गर्न सेनाले नियन्त्रित विष्फोट गराई निकास फराकिलो बनाउँदै लगेको छ । एक दिनअघि ५ वटा विष्फोट गराई निकास केही चौडा पारेको सेनाले आज उक्त स्थानमा ९ वटा विष्फोट गराएको छ ।
सेनाका अनुसार अहिलेसम्म नियन्त्रित रुपमा स–साना २३ वटा विष्फोट गराइसकिएको छ । ठूलो विष्फोट गराउँदा बाँध एकै पटक भत्कन गई तल्लो तटीय क्षेत्रमा क्षति हुने भएकाले स–सानो विष्फोट गराई निकास फराकिलो पार्दै लगिएको हो ।
ताल बनेको सुनकोशीको बहाव विष्फोटपछि आज भित्री बहाव २१५ क्युसेक र बाहिरी बहाव २२७ क्युसेक रहेको सेनाले जनाएको छ । एक दिनअघि भित्री १९५ क्युसेक र बाहिरी बहाव २०० क्युसेक रहेको सेनाले जनाएको थियो ।
तालको पानी विस्तारै घट्दो क्रममा रहेको र उक्त स्थानमा खोज तथा उद्धार कार्य गरिरहेकोे पनि सेनाले जानकारी दिएको छ ।
0 comments:
Post a Comment