दुवै डिएसपीको विदाई , जिशअको स्वागत


    प्रेम सुनार
गुल्मी, भदौ–१०।
 जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राजकुमार लम्साल र शसत्र प्रहरी गुल्मका गुल्मपति डिएसपी टोपबहादुर खनालको सरुवा भए पछि आज विदाई गरिएको छ । त्यस्तै यस जिल्लामा सरुवा भए आएका जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्कालाई स्वागत गरिएको छ ।
   कर्मचारी मिलन केन्द्र गुल्मीले आज एक समारोहको आयोजना गरी उहाँहरुलाई विदाई र स्वागत गरेको हो । गत वर्षको साउन ६ गते आएका डिएसपी लम्सालले शान्तिपुर्ण रुपमा संविधान सभा चुनाव गराउन, धेरै पुराना फरार अभियुक्तहरु पक्राउ गर्न , अपराधिक घटनाका अभियोगीहरुलाई तत्काल समात्न र ठुलो परिणममा घरेलु मदिर वरामद गर्न सफल भएका थिए । दलित र महिलाहरुको उजुरीहरुलाई प्राथामिकतामा राखेर काम गरेका डिएसपी लम्सालको कार्यकालमा  शान्ति सुरुक्षा, घरेलु हिंसा न्युनिकरणमा जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन भए ।
  यहाँ रहुञ्जेल उनलाई जिल्लावासीले सरल र मिजासीलाई ब्याक्तिका रुपमा चिने । उनि यहाँबाट अञ्चल प्रहरी कार्यालय धनगढी सरुवा भई जाँदै छन् । त्यस्तै चुनाव अघि सरुवा  गुल्म लिएर आएर आएका सशस् त्रका डिएसी खनालले पनि शान्तिपुर्ण चुनाव गराउन महत्वपुर्ण भुमिका खेलेको सहभागिहरुले बताए ।
    व्यारेक नभई चिसो भुईमा  लामो समय वसेका शसस्त्र प्रहरीहरुलाई  दुविचौरका युवाहरु संग सहकार्य गरेर पक्की भवनमा सार्न समेत उनको उल्लेखनिय भुमिका रहेको थियो ।  प्राकृतिक प्रकोप अन्य विपत्तीमा पनि उनले खटिदै आएका थिए । खनाल  राष्ट्रिय सुरुक्षा पषिदको सचिावलय सिंहदरवार सरुवा भएका छन्  ।
   स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले दुवै सुरुक्षा निकायका प्रमुखहरुले जिल्लामा उल्लेखनिय कार्य गरेको बताए । कार्यक्रममा जिल्ला न्याधिष ऋषिराम अर्चायको प्रमुख आतिथ्यथा रहेको थियो ।  विभिन्न सरकारी निकायका प्रमुखहरु सहभागी कार्यक्रममा अन्य कर्मचारीहरुको पनि स्वागत गरिएको थियो ।
   अन्य जिल्लाबाट सरुवा भई आएका जिल्ला कृषि विकास बैंकका शाखा अधिकृत गणेशप्रसाद भट्टराई, सोही कार्यालयमा आएका अधिकृतहरु खुमलाल शर्मा घिमिरे, पदमलाल पाण्डेलाई स्वागत गरिएको थियो । कमचारी मिलन केन्द्रका अध्यक्ष स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शंकरप्रसाद गौतमको सञ्चालन गरेको थियो ।
   यसै विच    डिएसपी लम्साललाई रेसुङ्गा सामुदायिक प्रहरी सेवा समितिले पनि आजै विदाई सम्मान गरेको छ  । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आएका प्रहरी निरीक्षक अम्वीकाप्रसाद गुप्ताको स्वगत गरिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता र सचिव कृष्णप्रसाद भण्डारीको सञ्चालन रहेको थियोे  ।
तस्वीरः विदाई कार्यक्रममा गुरुगोरख गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी भिमशंकर वनका साथमा दुवै डिएसपीहरु
         

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment