प्रेम सुनार
गुल्मी। भदौं–१३ । गुल्मीको जुभुङ्गमा आज साँझ तिर जिप दुर्घटना हुँदा एक जनाको घटना स्थल मै मृत्यु भएको छ । बुटवलका लागि बाग्लुङ्गबाट गुल्मीको मजुवा हुँदै आई रहेको लु १ च ४९५५ नम्वरको जिप जुभुङ्ग ९ को फोक्सीवास भन्ने स्थानमा दुर्घना हुँदा बाग्लुङ्गको ग्वालीचौर ३ का ८३ वर्षिय ऋषिराम घिमिरेको मृत्यु भएको हो ।
उनको मृत्यु भएको र अर्का एक जना घम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्र नेपालले पुष्टाई गरेका हुन् । घाईते हुनेमा रुपन्देहीको वेलवास घर भएका ७२ वर्षिय चित्रबहादु दर्जि रहेका छन् । घटना स्थलमा पुगेको मजुवा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक प्रविण कार्कीका अनुसार जिप सडक देखि करिव ५ मिटर तल खसेको छ ।
त्यसमा चालक सहित ६ जना सवार थिए । ति मध्ये अन्य सकुशल रहेको उनले बताए । मृतक घिमिरे विरामी भई उपचारका लागि वुटवल लगिदै गरेको सहायक निरीक्षक कार्कीले बताए । वाटो साँघुरो र अफ्ठयारो भएका कारण गति थेग्न नसकेर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक नेपालले बताए ।
0 comments:
Post a Comment