गुल्मेली सोमपाल क्रिकेटरसंगै सैनिक बने

Photo: गुल्मेली सोमपाल क्रिकेटरसंगै सैनिक बने
ज्ञवा संचार, २४ साउन। गुल्मेली सोमपाल कामि संगै
त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खेल्ने अन्य ९
जना खेलाडीहरु सैनिक सेवामा आबद्ध भएका छन् ।
नेपाली सेनाले क्रिकेट खेलाडीलाई
आफ्नो कर्मचारीका रुपमा नियुक्त
गरेको सेनाको समारोह तथा खेलकुद
प्रतियोगिता शाखा प्रमुख सेनानी प्रकाशजंग कार्कीले
बताएका छन् । क्रिकेट खेलाडीलाई
सेनाको बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त
गरिएको पनि उनले बताए |
नियुक्ति पाउनेमा गुल्मेली सोमपाल कामिसंगै सागर पुन,
नरेश बुढाऐर, राजेश पुलामी, अनिल मण्डल, महेश
क्षेत्री, चन्द्र साउद, अविनाश कर्ण, राहल विक र
जितेन्द्र मुखिया रहेका छन् । विनोद भण्डारी र रुपेश
श्रीवास्तव पनि भर्नाको तयारीमा रहेको क्लबले
स्रोतले जनाएको छ |
यी सबै खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय
प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् ।
नेपालले पहिलोपटक
बंगलादेशमा ट्वान्टी ट्वान्टी विश्वकप खेल्दा राष्ट्रिय
टोलीका महत्वपूर्ण सदस्यहरुको रुपमा सोमपाल कामी,
सागर, जितेन्द्र लगायतले राम्रो प्रदशन गरेका थिए |
गुल्मेली सोमपाल छोटो समयमै फास्ट
बलरको रुपमा परिचित भए | बन्दोबस्ती कार्य
सिपाही पदमा नियुक्त भए पनि क्रिकेट खेलाडीलाई
हालसम्म सेनाको तालिममा भने पठाइएको छैन् ।
क्रिकेटर सोमपालले पनि आफू सेनाको जागिरमा प्रवेश
गरेको स्वीकारेका छन् । ‘सेनामा आबद्ध
भएपछि हामी ढुक्क भएका छौं । अब आफ्नो सम्पूर्ण
ध्यान क्रिकेटमा केन्दि्रत गर्नेछौं ।’ उनले भने -’पहिले
खेल खेल्दा जिबनको अनिश्चिता बारे डर लाग्थ्यो अब
खेल खेल्दा विश्वासिलो बाताबरण सिर्जना हुनेमा ढुक्क
छौं |’

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment