फिल्मी शैलीमा युवतीको अपहरण प्रयास

कथित प्रेमीसहित चार पक्राउ

२०७१ साउन २७ गते 
Girl Kidnap
२७ साउन, काठमाडौं । काठमाडौंको ज्ञानेश्वरबाट ‘फिल्मी शैली’मा अपहरित युवतीलाई सिंहदरवार क्षेत्रबाट उद्दार गरिएको छ । मंगलबार अपरान्ह भएको सो घटनामा चार अहरणकारी पक्राउ परेका छन् ।
काभ्रे मादनकुडारी घर भइ नयाँबानेश्वर बस्ने सुमन लामाले साथीहरुको सहयोगमा धादिङकी सुशीला लामालाई अपहरण गरेका थिए । लामाले सुशीला र आफ्नो प्रेम भएको तर, अहिले सुशीला टाढिएको बताएका छन् ।
तर, महानगरीय प्रहरी वृत्त सिंहदरवार परिसरमा आफन्तसँग भेटिएकी २१ वर्षकी सुशीलाले भने सुमनसँग सामान्य चिनजान मात्र भएको बताएकी छन् । ‘म कामबाट फर्किँदा एक्कासी उठाएर ट्याक्सीमा राखे, मुख थुनेर घोप्टो पारेर राखे’ उनले अनलाइनखबरसँग भनिन् । सुमनसँग प्रेम थियो त ? भन्ने प्रश्नमा उनले ‘छैन’ भन्दै मुन्टो हल्लाइन् ।
पक्राउ परेकाहरुले दिएको बयान अनुसार सुमनले केहीदिन अघि देखि अपहरणको योजना बनाएका थिए । त्यसका लागि हरि विकलाई सर्लाहीबाट काठमाडौं बोलाएका थिए भने ट्याक्सी तयार पारेर राखेका थिए ।
विहानै केटीलाई उठाएर दोललाघाट लैजाने योजना अनुुसार बा १ ज २२६२ नम्बरको ट्याक्सीलाई ३२ सय रुपैयाँ दिने गरी सहम भिएको थियो । योजनाअनुसार चिनजानको दिदीले केटीलाई लिएर आउनु पर्ने थियो । तर, उनीहरुको भेट नभएपछि हरि र कान्छा भन्ने ज्ञान लामाले केटीको खोजी थाले ।
‘कान्छाले केेटी भेटियो भनेपछि ज्ञानेश्वरको ग्यालेक्सी स्कुलको ओरालोमा पुग्दा ब्रेक लगाउन भने’ काभ्रे फलाँटेका २ घर भएका ट्याक्सी चालक लालजंग लामाले भने-’सुमन र हरिले केटीलाई उठाएर ट्याक्सीमा राखे । केटीले के गरेको भन्दै चिच्याइरहिन् । सिंहदरवार अगाडी आइपुगेपछि अब म गाडी चलाउँदिन भनेर प्रहरी अगाडी राकेँ ।’
Taxi
तर, उनले ट्याक्सी रोक्न पाउँदा नपाउँदै युवतीले सहयोग मागेको सुनेपछि सर्वसाधारणले घेरिहाले । उनीहरुले ट्याक्सी चालक र युवतीलाई बाहिर निकालेर अपहरणमा संलग्न युवकलाई रामधुलाइ गरे ।
कुटपिटबाट सुमन गम्भीर घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जनालाई भने सिंहदरवार प्रहरीमा राखिएको छ । उनीहरुलाई शरीर बन्धक तथा अपहरणको मुद्दा चलाइने सिंहदरवारका सइ कृष्ण श्रेष्ठले अनलाइनखरबरलाई बताए ।
प्रेममा परेको दाबी
प्रहरी हिरासतमा रहेका कान्छा भनिने सिन्धुली क्यानेश्वरका शारिरीक रुपमा अपाङ समेत छन् । ‘दाइले प्रेममा परेको र अहिले सुशीला टाढिएपछि म त बाँच्न सक्दिन भने’ उनले भने-’त्यही भएर गाडीमा राखेर घर लैजाने र बाटोमा सम्झाउने योजना अनुसार उठाएको हो ।’
सुशीलाको हाल विदेशमा रहेका केटासँग विवाह तय भएको तर, सुशीलाले उनलाई मन नपराएको भन्दै कान्छाले सुमन र सुशीलाको दुई महिनादेखि प्रेम रहेको बताए । तर, अहिले फेरि सुशीलाले छाडेपछि सुमनले जर्वजस्र्ती भगाउने योजना बनाएको उनले बताए ।
सुशीलाले पनि आफ्नो कोठा छेउ रहेको सुमनको दिदीको पसलमा भेट भएको र कहिले काँही कुराकानी हुने गरेको स्वीकार गरेकी छन् । सुमनका भाई कान्छाले प्रहरीलाई मोबाइलमा सुशीला र सुमनले एकसाथ खिचाएको फोटो समेत देखाएका छन् । प्रहरीका अनुसार तस्वीर पशुपति क्षेत्रमा खिचिएको हो ।

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment