सर्बस्व दान गर्नुभयो ८८ वर्षीय ब्रिद्ध आमाले


गुल्मी ,श्रावन२७।
 आफु सँग भएको सम्पुर्ण सम्पती रिडीका महिलाहरुको एउटा सामाजिक संस्था लाई दान गरी सबैका लागि उदाहरणीय महिला बन्नुभएको छ ८८ वर्षीय ब्रिद्ध महिला श्रीलक्ष्मी याँछे। रिडी सुगन्ध बिहार टोलमा घर भएकी ब्रिद्ध आमाले आफु सँग भएको घर,खेत,गहना तथा नगद गरी आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सम्पती चेतनशिल महिला बहु उद्देश्यीस संस्था लाई दान गर्नु भएको छ्। आफु मरेपनी आफ्नो नाम सधैं भर बाँची रहोस तथा महिलाहरुको सेवामा समर्पित रहेको महिलाहरुको संस्थाको प्रगती होस भन्ने उद्देश्यका साथ उहाँले आफ्नो सम्पूर्ण सम्पती दान गरेको बताउनु भएको छ्। त्यसैगरी चेतनशिल महिला समुहले जिबित रहँदा सम्म उहाँका लागि हुने सम्पूर्ण सेवा सुबिधा तथा खर्चहरु बेहोर्ने भएको छ् भने आफुले दान गरेको घरमै आजीवन बस्न दिने भएको छ्। यस अघी उहाँले आफ्नी बुहारी जय लक्ष्मी याँछेको मृत्‍यु पछी किरीया बसी रिडीमा चर्चामा आउनु भएको थियो। श्रीमान तथा सम्पूर्ण सन्तानहरुको मृत्‍यु भइ सकेकाले अहिले परीवारमा एक्लो रहनु भएको छ्।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment