पाँच वर्ष नपुगी अध्यक्ष छाड्छुः ओली


फेरि पद नचाहिएपछि गुटबन्दी किन गर्नु ?'

kp oli

काठमाडौं, श्रावण २३ - एमाले अध्यक्ष केपी शर्मा ओलीले सकभर पाँच वर्ष नपुग्दै अध्यक्षबाट बहिर्गमन हुने बताएका छन् । अर्को कार्यकाल अध्यक्ष बन्ने चाहना नभएकाले गुटबन्दी पनि नगर्ने ओलीले बताए ।
'सकभर पाँच वर्ष नपुग्दै बहिर्गमन हुन्छु,' एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा ओलीले भने, 'मैले आलोचनाको शिकार हुनैपर्दैन । सरक्कै बहिर्गमन गर्छु ।'
ओलीले 'फेरि मन लाग्यो भनेर अर्को कार्यकाल अध्यक्ष हुने चाहना' नभएको बताए । 'पहिलो कार्यकाल भनेर पाँच वर्ष हुने, फेरि अर्को ठाउँमा पाँच वर्ष गर्दिन,' उनले भने, 'लोभैलोभले जीन्दगीले आँखा चिम्लन्छ ।'
ओलीले आफू अर्को कार्यकालका लागि अध्यक्ष बन्ने चाहना नभएकाले गुटबन्दी पनि नगर्ने स्पष्ट पारे । 'एकपटक अध्यक्ष भएको छु, अर्कोपटक चाहना छैन । किन गुटबन्दी गर्ने ?,' उनले भने, 'फेरि मन लाग्यो, अध्यक्ष हुनुपर्‍यो भन्ने पक्षमा पनि छैन । म आफू उपदेश दिनेमात्र होइन । उदाहरण बन्नेछु ।'
ओलीले आफ्नो कार्यकालभर कुनै पनि नेता कार्यकर्तालाई भेदभाव नगर्ने बताए । 'मैले हिजो पनि पदाधिकारीहरुको जमघटमा भनेको छु, मबाट गुटबन्दी, भेदभाव हुनेछैन भनेर,' उनको भनाइ थियो, 'एमालेमा काम नपाएको ठूलो पंक्ति छ, त्यो समूहलाई पनि साथमा लिएर नमूना एमाले बनाउने छु ।'
अध्यक्ष ओलीले चुनावमा भएका तीतामीठा सवै कुरालाई बिर्सन नेता कार्यकर्तालाई आहृवान गरे । 'जित्ने बल गर्दा अलि अलि कुइनाले लाग्यो होला, जित्ने बल गर्दा त भएको हो नि,' उनको भनाइ थियो, 'अब महाधिवेशन सकियो, परिणाम आयो, सिद्धियो ।'


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment