गैंडाको खाग तस्करीमा संलग्न चरीलाई प्रहरीले पक्रँदा हाम्रै नेताले किन छुटाए ?’

२३ साउन, काठमाडौं । प्रहरी कारवाहीमा मारिएका दिनेश अधिकारी चरीको विषयलाई लिएर एमाले पदाधिकारी बैठकमा विवाद चर्किएको छ । प्रहरी हिरासतमा परेका चरीलाई एमाले नेताले छुटाएपछि प्रहरीले बाध्य भएर गोली चलाउनुपरेको पदाधिकारी टिममै रहेका नेताले बताएका छन् । विहीबारको बैठकमै विवाद चर्किएपछि शुक्रबार बस्ने भनिएको पदाधिकारी बैठक बस्न सकेन ।
‘गैंडाको खाग तस्करीमा संलग्न चरीलाई प्रहरीले पक्रँदा हाम्रै नेताले किन छुटाए ?’ विहीबार बल्खुमा बसेको एमाले पदाधिकारी बैठकमा एक नेताले प्रश्न उठाएका 
थिए ‘
पक्रेको अपराधीलाई नेताले नै छुटाउँछन् भने प्रहरीले गोली ठोक्ने बाटो नरोजेर के गरोस् ?
बैठकमा एमालेका एक पदाधिकारीले महासचिव ईश्वर पोखरेलसँग भने- ‘तपाई नै एकपटक प्रहरी भएर सोच्नोस् त महासचिव ज्यू, प्रहरीले समातेको अपराधीलाई नेताले रिहा गराइदिन्छन् भने राज्यको प्रहरीले के गरोस् ?’
चरीका विषयमा छलफल गर्न शुक्रबार बस्ने भनिएको एमाले पदाधिकारी बैठक बस्दै नबसी स्थगित गरिएको छ । पदाधिकारीको टीममै चरीका विषयमा दुई धार देखिएपछि बैठक बस्न नसकेको स्रोतले बतायो । स्रोतका अनुसार एमाले पदाधिकारीमा रहेका मध्ये उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरु अध्यक्ष ओलीको लाइनको विपक्षमा उभिएका छन् ।
स्रोतका अनुसार भुसाल पक्षधर नेताहरु चरीको विषयमा संसदीय छानविन समिति गठन गर्न नहुने पक्षमा छन् भने ओली पक्षका नेताहरु संसदीय छानविन समिति बनाउने पक्षमा उभिएका छन् । ‘संसदीय समिति बनाउनै हुँदैन, त्यसो गरियो भने भविश्यमा अपराधीहरुलाई फाइदा पुग्छ र प्रहरी प्रशासन पंगु बन्छ,’ भुसाल पक्षका एक केन्द्रीय नेताले अनलाइखबरसँग भने-’गृहमन्त्रालय वा प्रहरी संगठनले आन्तरिक छानविन गर्नु बेग्लै कुरो हो, तर संसदीय छानविन समिति कुनै हालतमा बनाउनु हुँदैन ।’
विहीबार काठमाडौंको भीमढुंगामा प्रहरीको गोली लागी मारिएका डन दिनेश अधिकारीको हत्या नियोजित भएको भन्दै युवा संघका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा शिक्षण अस्पतालमा शुक्रबार एमाले कार्यकर्ताले धर्ना दिएका छन् । संसदमा एमाले सभासदहरुले हत्याको विषयमा संसदीय छानविनको माग गरेका छन् भने एमाले कार्यकर्ताले धादिङ बन्द समेत गरेका छन् ।
अध्यक्ष केपी ओलीसहित पार्टीको एउटा समूह चरीको समर्थनमा लागि रहेका बेला एमाले पदाधिकारीमा फरक मत देखिएको हो । यसअघि पक्राउ परेका चरीलाई एमाले नेताकै दबावमा हिरासत मुक्त गरिएको थियो । भिडन्तमा घाइते बनेका चरीलाई भेट्न एमाले नेता केपी ओली अस्पतालमै पुगेर टेलिभिजनलाई बाइट दिएका थिए । एमाले नेताले चरीलाई नछुटाएको भए उनी यतिबेला जेलमा हुने र नमारिने तर्क यतिबेला समाजिक सञ्जालमा व्याप्त छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment