मलेशियामा नेपाली अपहरण गरी फिरौती लिने चितवनमा पक्राउ

२७ साउन, काठमाडौं । मलेशियामा नेपालीलाई अपहरण गरी फिरौती लिने व्यक्तिलार्इ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले तनहुँ पुर्कोट ५ का कमलबहादुर गौलीलार्इ चितवनको सौराहाबाट पक्राउ परेको हो ।
kamal-gauliगौलीसहित ६ जनाको समूहले गत जेठ ४ गते रोजगारीका लागि मलेशिया पुगेका रामप्रसाद नेपाललार्इ मलेसियाको कोताराया भन्ने ठाउँबाट अपहरण गरेको थिए । गौली योजनाकार भएको प्रहरीको दाबी छ ।
गौलीको समूहले भक्तपुरका रामप्रसादलार्इ ५० जना भन्दा बदि कामदारहरूको डिमाण्ड छ, छलफल गरौं भनि बोलाई कोतारायाबाट अपहरण गरेका थिए । नेपाललाई आँखामा पट्टी तथा हात खुट्टा बाँधेर जोहरबारूस्थित जंगलको बिचमा रहेको बस्तीमा लगेर ५ दिनसम्म स्टोर रूममा बन्धक बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
अपहरणकारीहरूले नेपालको अफन्त घर परिवारलार्इ फोन गरी ६५ लाख माग गरेको र नगद नदिएमा ज्यान मार्ने धम्की दिएका थिए । ६५ लाख दिन नसक्ने भनेपछि ३० लाखमा कुरा मिलेको र रामप्रसादका काठमान्डाैंमा रहेका अफन्तले रकम मनि ट्रन्सफरमार्फत मलेशियामा अपहरणकारीको खातामा नगद जम्मा गरेका थिए ।
अपहरणकारीहरूले २२ लाख पाएपछि जोहरबारूबाट शहर लाने क्रममा अपहरणकारीहरू चढेको गाडी दुर्घटना भएपछि रामप्रसाद  भगेर नेपाल फर्किएका थिए । नेपाल आएपछि उनै रामप्रसादले दिएको जाहेरीको आधारमा प्रहरीले गौलीलार्इ पक्राउ गरेको हो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment