२०७१ भदौ ६ गते
६ भदौ, काठमाडौं । एनसेलले देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिले पीडित परिवारका लागि २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
‘विगत केही समय अघि देखि भएको अविरल वर्षाका कारण आएको बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिले हजारौंलाई प्रभावित पारेको समाचारहरुले हामी मर्माहत भएका छौं । हाम्रो तर्फबाट भएको यो सहयोगले नेपाल सरकारलाई यस विपत्तिको घडीमा पीडितहरुको उद्धार र राहत कार्यमा केही मात्रामा भए पनि सघाउनेछ भन्ने आशा लिएका छौं’ एनसेलका कार्यकारी प्रमुख टाईलानलरले भने ।
दुई हप्ता अघि एनसेल कर्मचारी तथा व्यवस्थापनले सिन्धुपाल्चोक जील्लाका बाढी र पहिरो पीडितका राहतका लागि दश लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए । सहयोग सिन्धुपाल्चोक दैवी प्रकोप उद्धार समितिका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको थियो ।
साथै सिन्धुपाल्चोकमा विपत्ति प्रभावित क्षेत्रका मानिसहरुलाई सम्पर्क र उद्धारका लागि सुलभ होस् भन्ने हेतुले एनसेलले निशुल्क टक टाइम पनि उपलव्ध गराएको थियो ।
‘हाल देशका अन्य बिभिन्न भागमा पनि त्यस किसिमका जनधनको क्षति भएको अवस्थामा ती क्षेत्रका प्रभावित जनताहरुका लागि राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एनसेलका तर्फबाट थप रु २० करोड उपलब्ध गराएका छौं’ एनसेलकी कर्पोरेट कम्युनिकेशन्स निर्देशक सञ्जु कोइरालाले भनिन् ।

0 comments:
Post a Comment