अनिल खत्री गुल्मी, ६ भदौ।
आगामि भदौ १७ गते हुन लागेको प्रेस चौतारी नेपाल
गुल्मी शाखाको तयारी बैठक सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष ज्ञान बहादुर
महतराको अध्यक्षतामा बसेको तयारी बैठकले
आफ्नो पाचौ अधिबेशनका लागि बिभिन्न उप समितीहरु गठन
गरेको छ । अधिबेशनलाई भब्य र ऐतिहासिक
बनाउनका लागि शुक्रवार बसेको यस बैठकले आर्थिक सकंलन
उप समिती, आर्थिक तथा सागंठनिक उप समिती, सम्पर्क
उप समिती र अतिथी स्वागत तथा सत्कार उप समिती गरि ४
वटा उप समिती गठन गरेको प्रेस चौतारी नेपाल गुल्मीले
जनाएको छ । आर्थिक सकंलन उप समितीको सयोजक
शिबलाल सुबेदी रहनु भएको छ भने सदस्यहरुमा नवराज
भुसाल, ज्ञानबहादुर महतरा, घनश्याम गौतम र अनिल
खत्री रहनु भएको छ ।
आर्थिक तथा सागंठनिक प्रतिबेदन तयार उप
समितीको सयोजकमा ज्ञान बहादुर
महतरा ,सदस्यहरुमा टोपलाल अर्याल, नारायण प्रभात
मरासिनी, सञ्जीवनी अर्याल रहनु भएको छ । यता सम्पर्क
उप समितीको सयोजक नवराज भुसाल, सदस्यहरु युवराज
बस्याल, अनिल खत्री, नारायण प्रभात मरासिनी र टोपलाल
अर्याल रहनु भएको छ । त्यस्तै सञ्जीवनी अर्याल सयोजक
रहेको अतिथी स्वागत तथा सत्कार उप
समितीको सदस्यहरुमा सीता भण्डारी, सुशिला थापा,
माया पुन र बिष्णु पौडेल रहनु भएको प्रेस चौतारी नेपाल
गुल्मीका सचिव शिबलाल सुबेदीले जानकारी दिनुभएको छ ।
भर्खर मात्र सम्पन्न
भएको नेकपा एमालेको नवौ महाधिबेशनबाट पाटी केन्द्रिय
सचिवमा विजयी बन्नुभएका गुल्मीका नेताद्धय प्रदीप कुमार
ज्ञवाली र गोकर्ण बिष्टलाई
पाचौ अधिबेशनका अवसरमा सम्मान गर्ने समेत बैठकले
निर्णय गरेको छ ।
पाचौ महाधिबेशनमा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष
राजेन्द्र अर्याल, महासचिव माधव नेपाल लगायत प्रेस
चौतारी नेपालका पश्चिमाञ्चल सयोजक तथा उपाध्यक्ष
मुकेश पोखरेल, लुम्बिनी अञ्चल सयोजक भरत केसी लगायत
लुम्बिनी अञ्चलबाट केन्द्रिय सदस्य बन्नुभएका सदस्यहरु र
प्रेस चौतारी नेपाल नवलपरासी जिल्ला अध्यक्ष,
रुपन्देही जिल्ला अध्यक्ष , कपिलबस्तु जिल्ला अध्यक्ष,
पाल्पा जिल्ला अध्यक्ष अर्घाखाची जिल्ला अध्यक्ष
लगायत लुम्बिनी अञ्चल कमिटीका अध्यक्ष लगायत सम्पुर्ण
अञ्चल सदस्यहरुलाई अधिबेशनमा आमन्त्रण गरिने भएको छ
। पाचौं अधिबेशनमा प्रतिनिधी, पर्यवेक्षक, केन्द्रिय
प्रतिनिधी गरि १ सय ५० भन्दा बढीको उपस्थिती हुने
गुल्मी शाखा सचिव सुबेदीले जानकारी दिनुभयो । अधिबेशनले
नयाँ नेतृत्व समेत चयन गर्ने छ । शाखाका सचिव शिबलाल
सुबेदीको सञ्चालनमा पाचौ अधिबेशनका लागि बसेको तयारी बैठक
नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण
पन्तको प्रमुख आथित्यता र पाटी सचिव सोमनाथ सापकोटा,
उप सचिव बालसिहं काउछा, सचिवालय सदस्यहरु जगं
नेपाली, गणेश श्रीपाली , हिरा एसी,अनेरास्वबियू
गुल्मीका सचिव राजेन्द्र बिक्रम कुवँर
लगायतको उपस्थिती रहेको थियो ।
0 comments:
Post a Comment