४ भदौ, काठमाडौं । नेपालले एसीसी यू-१६ पि्रमियर क्रिकेटको उपाधि जितेको छ ।
आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू-१६ उमेर समूहकै पहिलो उपाधि मात्र जितेन, दुई वर्ष अघि व्यहोरेको हारको बदला समेत लिएको छ । २ वर्षअघि एलिट कपका नाममा भएको प्रतियोगितामा नेपाललाई १ विकेटले हराएर मलेसियाले उपाधि उचालेको थियो ।
यू-१६ च्याम्पियन बनेसागै नेपालले एसियाली क्रिकेट परिषद्ले आयोजना गर्ने उमेर समूहको सबै प्रतियोजिता जितेको छ । यू-१७ एक पटक, यू-१९ चार पटक जितेको नेपाल यू-१६ मा भने दुई पटक फाइनलमा पराजित भएको थियो ।
एकपछि अर्को उपाधि चुमेको नेपाल पछिल्लो समय भने उमेर समूहमा कमजोर देखिएको थियो । यसअघि सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा एसीसी यू-१७ जितेयता नेपाली उमेर समूहमा उपाधिविहीन थियो ।
बुधबार किनरारा ओभरमा नेपालले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियन ३६.२ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो ।
यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४४ रनको योगदान दिए । आठौं नम्बरमा व्याटिङमा आएका उनले २६ बलको सामाना गरेर चार चौका र दुई छक्का समेत हानेका थिए । यस्तै रवि चन्दले ३४ र शाशिफ शेखले २० रन जोडे ।
नेपालका पवन म्यान अफ दि म्याच घोेषित भए ।
0 comments:
Post a Comment