वैदेशिक रोजगारीले यसरी टुट्दैछ दाम्पत्य

१७ साउन, काठमाडौ ।
पत्नी र तीन छोरीको भविष्य उज्जवल बनाउनेसपना थियो । धरान १७ बीचघोपाका चक्रबहादुरलिम्बुको । त्यसैलाईसाकार पार्न साउदी पुगेर हड्डी घोटे । १३ महिनापछि छुट्टीमा फर्कदा घरमा सबैठिकठाक थियो । तीन महिना बसेर फेरि उडे ।परदेशमा १५ महिना दुख गरेर गत पुस १७ गते स्वदेश फर्किए ।यतिबेला उनकी पत्नी विमलाको हत्या आरोपमा हिरासतमा छन् । दोस्रो पटक फर्कदा परिवारमा पहिलाको जस्तो थिएन । पत्नीको मोवाइलमा दिनरात फोन र एसएमएस बजिरहन्थ्यो । बिहान खाना खाएर निस्केकी उनी राती सात आठ बजेतिरमात्रै घर छिर्थिन माइती र उनीआफैले धेरै संझाए ।असार १६ गते माइतै पुगेर घर आएपछि धुमधाम झगडा भयो । उनले आवेगमा आएर आग्लोले हाने । विमलाको प्राण गयो । दोस्रो पटक विदेशबाट र्कदा उनी सासु सँग छुट्टै बसेकी थिइन भने अर्केको गर्भ बोकेको रहस्य खुल्यो ।सोधीखोजी गर्दा आफ्नै माहिंला बडावाको छोरा देवरसँग सत्सर्ग रहेछ ।त्यसपछि उनले डिर्भोस दिए । चक्रभन्दा कम छैन मंगलसेनका भीमबहादुर राईको पीडा पनि । ६ वर्षअघि मलेसिया गएका उनले कमाएको १० लाख भन्दा बढी रकमपत्नीलाई पठाए ।उदयपुरको कटारी ४ र सुनसरीकै विष्णुपादुकका ६ मा पत्नीको नाममा जग्गा जोरिदिए ।०७० फागुनमा ९ र ६ वर्षे छोरी छाडेर एक्कासी हराईन । खोजी गर्दे जाँदा एकै घरमा डेरा गरी बस्ने पवन नामको व्यक्तिसँग उनी भागेकी रहेछिन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment