खुस्बु ओली लाई धापाखेल स्थित सिभिल होम्स को घर करोड रुपैया भन्दा बढी मा गुण्डा चरी ले किनेको खुलासा

 :
काठमाडौं, साउन २६- 
प्रहरी ‘मुठभेड’मा मारिएका गुन्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’का आफन्तहरूको सम्पत्ति प्रहरीले छानबिन गर्ने भएको छ । उनकी प्रेमिका खुस्बु ओलीको नाममा अधिकारीले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन थालेको छ ।
खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि  प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको हो । ‘धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अवैध रूपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौँ ।’
आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएको नयाँ पत्रिकामा खबर छ । एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोत बताउँछ ।
गत वर्षसम्म महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन् । उनले चढ्ने स्कोडा गाडी भने पूर्वप्रेमी अर्पण कोइरालाले किनिदिएको स्रोत बताउँछ ।
अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले चरीको आर्थिक पाटोको अनुसन्धान हुने बताए । ‘जबर्जस्ती असुलेको रकम गर्लफ्रेन्डलगायतको नाममा राखेको भन्ने आएको छ,’ उनले भने, ‘आपराधिक पाटोबाट त्यसको अनुसन्धान हुन्छ ।’
चरीसँग भेटिएको आइफोनका आधारमा प्रहरीले उनको कनेक्सन खोतल्न सुरु गरेको छ । स्रोतका अनुसार एमाले नेता राजेन्द्र पाण्डेसँग मिलेर चरीले धादिङको एक हाइड्रोपावरमा समेत लगानी गरेको तथ्य प्रहरीले फेला पारेको छ ।
गत बुधबार भीमगढुंगामा चरी मारिएका थिए । प्रहरीले इन्काउन्टरमा मारिएको बताए पनि उनका आफन्तले प्रहरीले पक्राउ गरेर हत्या गरेको दाबी गरेका छन् । विवादका कारण पाँच दिन बित्दा पनि चरीको शवको पोस्टमार्टम हुन सकेको छैन ।
अरू डन खोजीमा
राजधानीमा गुन्डागर्दी नियन्त्रणको अभियानलाई प्रहरीले थप कडाइ गर्ने भएको छ । एसएसपी कार्कीका अनुसार चरीजस्तै संगठित रूपमा गुन्डागर्दी गर्ने अन्य व्यक्ति पनि निगरानी र खोजीमा छन् ।
स्रोतका अनुसार प्रहरीको पछिल्लो हिटलिस्टमा दावा लामा र पञ्चे लामा छन् । उनीहरू चरीकै समूहमा थिए । विभिन्न अपराधमा उनीहरू वान्टेड पनि छन् । करिब महिना दिनअघि मात्र छुटेका मिलन चक्रेले पनि व्यवसायीलाई धम्क्याउन सुरु गरिसकेका छन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment