ओलीले भने-चरीको सुनियोजित हत्या

धादिङ एमालेका कार्यकर्ता र चरीका आफन्तद्धारा बल्खु घेराउ

२०७१ साउन २२ गते 
२२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनेश अधिकारी चरीको सुनियोजित हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् । चरीलाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले छानबीनका लागि पार्टीले पहल गर्ने आश्वासन दिए ।Kp oli
चरीको गैरन्यायिक हत्या भएको भन्दै धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगेका थिए । सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, हरिवहादुर घले, जिल्ला अध्यक्ष भूमी त्रिपाठी सहितका नेताहरु केन्द्रीय कार्यालयभित्र प्रवेश गरेपनि अरुलाई मुख्यद्धारमै रोकिएको थियो ।
ओलीले कार्यकर्ताको कुरा सुनेपछि चरीको सुनियोजित हत्या भएकाले छानबीन समिति गठन हुनुपर्ने बताए । ‘यो सुनियोजित हत्या हो, सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ’ ओलीले भने ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment