प्रेम सुनार
गुल्मी, साउन–२७ । जिल्ला शिक्षा कार्यालय
गुल्मीको सवै खाले अनियमित्ता र
घुस–कमिशन विरुद्ध संयुक्त सघर्ष समिति गठन भइर्
आन्दोलन चर्काईएको छ । मंगलवार
पनि समितिले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिइर्
जिल्ला शिक्षा अधिकारी दिनेशकुमार
श्रेष्ठले साउन २ गते शिक्षक सरुवा गरेको निर्णय
खारेजीको माग गरेको छ ।
जिल्ला शिक्षा अधिकारीले प्रति शिक्षक ७० हजार घुस
लिई सरुवा गरेको र प्रति
विषय १ लाखका दरले कमिशन खाई विषय परिवर्तन
गरेको समितिको दावि रहेको छ
। समितिले त्यसरी सरुवा गरिएका शिक्षकहरुको रि
क्त स्थानमा पदस्थापना नगर्न ति
विद्यालयहरुलाई चेतावनी दिएको छ ।
त्यस्तै रिक्त भनिएका विषय शिक्षकहरुको छनौट नगनर्
पनि सुचित गरिएको छ । श्रृङ्गा
जनता उच्च मावि श्रृंङ्गामा सामाजिक विषय शिक्षक रिक्त
भएकोमा जिल्ला शिक्षा
अधिकारीले विज्ञान शिक्षक रिक्त भएको झुटो
सिफासिर बनाएर शिक्षक सरुवा गर्ने
तयारी गरेको प्रति त्यस विद्यालय व्यवस्थापन समिति पनि
आज जिल्ला शिक्षा कार्यालय
घेराउमा आएका थिए ।
त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुण्डप्रसाद क
ंडेलले सामाजिक विषय शिक्षक
आवस्यक हुँदाहुँदै विज्ञान विषयको शिक्षक रिक्त रहेको
झुटो सिफारिस गराएको
प्रति आफुहरु आन्दोलित भएको बताए । उनले निमित्त
जिल्ला शिक्षा अधिकारीको रुपमा
रहेका विद्यालय निरीक्षक विष्णुप्रसाद ज्ञवालीलाई विज्ञान
शिक्षक पठाईए हाँजिरी नै
नगराउने चेतावनी दिए ।
शिक्षक सरुवामा र विषय शिक्षक लुकाउने र देखाउने कुरामा
जिल्ला शिक्षा
अधिकारीले मोटो रकम हाता पारेर जिल्ला छाडेको शै
क्षिक अनियमित्ता विरुद्धको
सयुंक्त संघर्ष समितिको आरोप रहेको छ । जिल्ला
शिक्षा कार्यालयको सवै खाले
अनियमित्ताको अन्त्य नगरे सम्म आन्दोलन नर
ोकिने समितिका सदस्य हिरा एसीले बताए ।
किर्ते सहि गराएर शिक्षक सरुवा गरेको खुलासा
प्रेम सुनार
गुल्मी, साउन–२७ । जिल्ला शिक्षा अधिकारी
दिनेशकुमार श्रेष्ठले घुस खाएर शिक्षक सरुवा
गरेको भन्दै आन्दोलन चलि रहेका बेला उनले
गुल्मीको एक विद्यालय व्यवस्थापन
समितिका अध्यक्षको किर्ते सहि बनाएर शिक्षक सरुवा गरेको
खुलेको छ ।
भैरव प्रा.वि.अर्वेनी–३ बाट शिक्षक एमलाल न्यौ
पानेलाई भगवती उच्च मावि अर्वेनी–५
मा त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त
न्यौपानेको किर्ते सहि गराएर
सरुवा गरेका हुन् ।
अध्यक्ष न्यौपानेले आफु सहमति पत्रमा सहि
नगरेको बताएका छन् । ‘मलाई थाहै
छैन, खै कसले मेरो सहि चो¥यो ? भन्दै अनिविज्ञता
प्रकट गरेको अध्यक्ष
न्यौपानेको भ्वाईस रेकर्ड हाम्रो समाचार श्रोत स
ंग सुरक्षित रहेको छ ।
विद्यालयको छाप समेत चोरिएको विद्यालय प्रशासनले
जनाएको छ । उक्त पत्रमा भएको छाप
समेत अन्यत्रै बनाईको विद्यालयले जनाएको छ । यसै
विच जिल्ला शिक्षा समिति कै
व्याक्तिले आज त्यस विरुद्ध जिल्ला प्रशासनमा उजुरी
दिएका छन् ।
समितिका सदस्य एवं एकिकृत
माओवादीका सचिवालय सदस्य अशोक थापा, शैक्षिक
गणतान्त्रिक मञ्चका अध्यक्ष खुमबहादुर थापा, अखिल
क्रान्तिकारीका केन्द्रिय सदस्य यदु
ज्ञवाली लगायतले सहायक प्रमुख जिल्ला अधिकारी
मार्फत उजुरी दिएका हुन् ।
उनले त्यहाँका श्रोत व्याक्ति, विद्यालय निरीक्षक ,
जिल्ला शिक्षा अधिकारीको समेत
मिलोमोतोमा त्यस विद्यालयको किर्ते अनुमति र सहमति
पत्र बनाई शिक्षक
न्यौपानेलाई सरुवा गरेको भन्दै अख्तीयारी दुरु
पयोग विरुद्धको कार्वाही गरी पाउँ
भनि उजुरी दिईको हो । उजुरी दर्ता गराउन संगै
आएका एकिकृत माओवादी
जिल्ला अध्यक्ष सुदर्शन वरालले पनि जिल्ला शिक्षा कायार्
लयको उक्त किर्ते कागजात
गराई शिक्षक सरुवा गरेको प्रति आफ्नो पार्टीको
गम्भीर ध्यानकृष्ट भएको बतए ।
जिशिका गुल्मीमा खेतला शिक्षक पनि कायमै
प्रेम सुनार
गुल्मी, साउन–२७ । केहि दिन अघि वार्षिक समिक्षा
कार्यक्रममा जिशिका गुल्मीले
जिल्लाका कुनै विद्यालयमा खेतला शिक्षक छैनन् , छन
भने देखाउनुस भनेर चुनौती
दिई रहेका बेला केहि विद्यालयमा खेतला शिक्षक
कायमै रहेको खुलेको छ ।
लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पक–८,
चेहमीबाट रामवारी प्रथामिक विद्यालय
अस्लेवा–९ मा सरुवा भई आएका शिक्षक तिलबहादुर कुँवर एक
वर्ष अघि देखि विद्यालयमा
नगई तलव बुझेर बसेका हुन् ।
उनले आफ्नो तलवबाट न्युन रकम दिई विमला
पाण्डेलाई सट्टा शिक्षक राखी एक वर्ष
अघि देखि घरमा बसे पनि जिल्ला शिक्षा कार्यालयले
वेवास्ता गरेको स्थानियवासीले
बताए ।
शिक्षक कुँवरलाई लक्ष्मीपुर माविमा प्रधानध्यापक र
हँदा आर्थिक अनिमित्ता गरेको
भन्दै अभिभावकले विद्यालय छिर्न नदिए पछि सरुवा गरि
एको थियो । त्यसो त विद्यालय
निरीक्षक र श्रोत व्याक्तिहरु कै श्रीमति र आफन्तहरु
गाउँका थुप्रै विद्यालयहरुको दरवन्दी
ओगटेर खेतला शिक्षक राखी सदरमुकाम र यस आसपासका
विद्यालयमा रहँदा समेत सो
कार्यालय वेवास्ता गरेको छ ।
पुरक परिक्षा सकियो
प्रेम सुनार
गुल्मी, साउन–२७ । साउन २० गते देखि सुरु भएको
पुरुक परिक्षा आज देखि सकिएको छ
। गुल्मी को सदरमुकाम तम्घासको महेन्द्र उच्च
माध्यामिक विद्यालय र शिद्धबाबा उच्च
माविमा तिन परिक्षा केन्द्र बनाई सञ्चालन भएको पुरुक
परिक्षाको आज अन्तिम दिन
विद्यार्थीहरुले कार्यालय सञ्चालन, लेखा , शिक्षा र
कम्युटर विज्ञानको परिक्षा दिएका
थिए ।
पुरुकमा कुल दुई हजार ८ सय ९७ जना
विद्याथी सहभागी भएको जिल्ला शिक्षा
कार्यालयले जनाएको छ । परिक्षाको पहिलो दिन ४ जना
अनुपस्थित रहेका थिए । पुरुक
परिक्ष मर्यादित रहेको सो कार्यालयले जनाएको छ । परि
क्षा सकिए लगत्तै विद्यार्थीहरु
घर फर्किन क्रम सुरु भएको छ । पुरुक परिक्षाका तयार
ीका लागि सदरमुकाम आएका
विद्यार्थीहरुले गर्दा गत तिन महिना देखि यहाँको
व्यापार पढेको थियो ।
पुर्व संसद श्रेष्ठलाई पत्नी शोक
प्रेम सुनार
गुल्मी, साउन–२७ । गुल्मी क्षेत्र नम्वर २ का पुर्व स
ंसद कमलराज श्रेठ आज पत्नी
शोकमा परेका छन् । थानापति ४ थोर्गा निवासी उनकी
श्रीमति निलम श्रेष्ठको आज निधन
भएको छ ।
लामो समय देखि मृगौला फेल भएर उपचार गर
ाउँदै आएकी श्रेष्ठको निधन लगत्तै
अहिले साँझ रिडीमा अन्त्यष्टि गरिदै छ । नेकपा
एमालेका नेता रहेका श्रेष्ठकी
पत्नीको अन्त्यष्टि स्थलमा एमाले गुल्मीका सयौं
कार्यकर्ता पुगेका छन् ।
0 comments:
Post a Comment