किर्ते सहि गराएर शिक्षक सरुवा गरेको खुलासा


  प्रेम सुनार
गुल्मी, साउन–२७ ।  जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले घुस खाएर शिक्षक सरुवा गरेको भन्दै आन्दोलन चलि रहेका बेला उनले गुल्मीको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको किर्ते सहि बनाएर शिक्षक सरुवा गरेको खुलेको छ ।
 भैरव प्रा.वि.अर्वेनी–३ बाट शिक्षक एमलाल न्यौपानेलाई भगवती उच्च मावि अर्वेनी–५ मा त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त न्यौपानेको किर्ते सहि गराएर सरुवा गरेका हुन् ।
    अध्यक्ष न्यौपानेले आफु सहमति पत्रमा सहि नगरेको बताएका छन् । ‘मलाई थाहै छैन, खै कसले मेरो सहि चो¥यो ? भन्दै अनिविज्ञता प्रकट गरेको अध्यक्ष न्यौपानेको भ्वाईस रेकर्ड हाम्रो समाचार श्रोत संग सुरक्षित रहेको छ । विद्यालयको छाप समेत चोरिएको विद्यालय प्रशासनले जनाएको छ । उक्त पत्रमा भएको छाप समेत अन्यत्रै बनाईको विद्यालयले जनाएको छ । यसै विच  जिल्ला शिक्षा समिति कै व्याक्तिले  आज त्यस विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
    समितिका सदस्य एवं एकिकृत माओवादीका सचिवालय सदस्य  अशोक थापा, शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष खुमबहादुर थापा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवाली लगायतले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत उजुरी दिएका हुन् ।
   उनले त्यहाँका श्रोत व्याक्ति, विद्यालय निरीक्षक , जिल्ला शिक्षा अधिकारीको समेत मिलोमोतोमा त्यस विद्यालयको किर्ते अनुमति र सहमति पत्र बनाई शिक्षक न्यौपानेलाई सरुवा गरेको भन्दै अख्तीयारी दुरुपयोग विरुद्धको कार्वाही गरी पाउँ भनि उजुरी दिईको हो  ।  उजुरी दर्ता गराउन संगै आएका एकिकृत माओवादी जिल्ला अध्यक्ष सुदर्शन वरालले  पनि जिल्ला शिक्षा कार्यालयको उक्त किर्ते कागजात गराई शिक्षक सरुवा गरेको प्रति आफ्नो पार्टीको गम्भीर ध्यानकृष्ट भएको बतए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment