‘राते काइँला’ले रुँदै भने- यसकारण मुम्बई छाडेर आएँ (भिडियोसहित)

कलाकार सुनील थापाले यसरी सुनाए सफलताको रहस्य

२०७१ भदौ ११ गते

 
sunil-thapa  1
विजय आवाज 
११ भदौ, काठमाडौं । आफ्ना निकटका साथीहरुले आयोजना गरेको सम्मान कार्यक्रममा चर्चित कलाकार सुनील थापा निक्कै भावुक देखिए । उनको गला पटक-पटक अवरुद्ध भयो ।
लामो समयको संघर्षले सुनीललाई आज बलिउड नगरीमा पनि चिनाएको छ । नेपाली सिने जगतमा ‘राते काइँला’ उपनामले चर्चित सुनीलले सञ्जयलीला भन्साली जस्ता चर्चित निर्माताको ब्यानरमा बलिउडकै सफल नायिका प्रियंका चोपडाको गुरु भएर ‘मेरी कोम’ सिनेमामा समेत काम गरेका छन् ।
म बलिउडमा मात्र होइन, हलिउडमा पनि देखाउन चाहन्छु कि, नेपालमा पनि निक्कै प्रतिभा भएका कलाकार छन्
सेप्टेम्बर ५ बाट प्रदर्शनमा आउन लागेको यो सिनेमा सुनीलको मुख्य भूमिका रहेको छ । एउटा नेपाली कलाकारको यो सफलतालाई उच्च रुपमा आँकलन गर्न सकिन्छ । चलचित्र प्राविधिक संघ, श्रीराम बालाजी फिल्मस् र मौरी इन्टरटेन्मेन्टले सय सम्बन्धमा बुधबार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरेको थियो, जहाँ सुनील भावुक मुद्रामा प्रस्तुत भए ।
कार्यक्रममा नायिका करिश्मा मानन्धर, गौरी मल्ल, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, कलाकार विल्सन विक्रम राई, गीतकार विकास राणा, कलाकार संयम पुरी, वितरक प्रदीप उदय, कलाकार यूवराज लामा, चलचित्र संघका अध्यक्ष नकिम उद्दिन, हल व्यवसायी मोहन सराफ लगायतले सुनील थापाका बारेमा एकै लाइनमा बोलेका थिए ।
कार्यक्रममा भावुक बन्दै सुनीलले ‘मेरी कोम’सम्मको यात्रा यसरी सुनाए :
मेरो जीवनमा यस्तो इमोशनल क्षण आउला भनेर मैले सोचेको थिइँन । मलाई आज एक पूर्ण कलाकार भएको महसुस भइरहेको छ । मलाई यहाँ मन नपराउने पनि धेरै होलान् । तर, आजसम्म मैले कसैलाई घृणा भने गरेको छैन । मलाई जीवनमा ‘हुन्न’ भन्न कहिल्यै पनि आएन ।
sunil-thapa
म आज जहाँ छु, जुन स्थानमा पुगेर सिनेमा खेल्दैछु, यो मेरो सफलता होइन । मैले यसलाई सिंगो सिने नगरीको सफलताको रुपमा हेरेको छु ।जीवनमा धेरै उतार-चढाव आए, धेरै दिक्दार लाग्दा दिनहरु पनि आए । तर, मैले हरेश खाइँन, सधैं सुनौलो दिनका लागि प्रतिक्षा गरिरहेँ । यदि कसैमा धैर्यता छैन भने उसले सिने नगरीमा नआए पनि हुन्छ ।
यो क्षेत्र केटा र केटीले एक अर्कालाई फकाउने र जालमा फसाउने ठाउँ होइन । यदि यस्तो सोचेर कोही आएको छ भने नआए हुन्छ । कसैलाई पनि हाम्रो सिने नगरीलाई फोहोरी बनाउने अधिकार छैन ।
म बलिउडमा मात्र होइन, हलिउडमा पनि देखाउन चाहन्छु कि, नेपालमा पनि निक्कै प्रतिभा भएका कलाकार छन् । मलाई हिन्दी सिनेमा खेल्दै गर्दा मुम्बई छोडेर नेपाल आउँदा धेरै साथीहरुले गाली गरे । तर, म विश्वलाई देखाउन चाहन्छु, नेपालमा निक्कै राम्रा कलाकार छन् ।
म पनि नेपालको निक्कै नाम चलेको कलाकार हुँ, मेरो पनि प्रतिष्ठा छ, यदि सोझै अगाडिबाट स्टेजमा लगिन्छ र कुराकानी गर्ने हो भने म जान्छु, नत्र जान्न भनें
‘मेरी कोम’सम्म यात्रा गर्दा मेरो जीवनमा निक्कै अनौठा घटना घटेका छन् । मलाई एकदिन मुम्बईबाट फोन आयो । यो चलचित्रका कास्टिङ डाइरेक्टरले मलाई फोन गरेका थिए । उनले मलाई ‘मेरी कोम’का बारेमा बताउँदै सिनेमाका लागि अफर गरे । उनले सञ्जयलीला भन्सालीलाई चिन्नुहुन्छ ? भने । मैले उनलाई चिनिँन भने त कलाकार नै हुन सक्दिँन भनेको थिएँ ।
मलाई केही संवाद पठाएर यसमा अभिनय गरेर पठाउनु भनियो । मैले केही साथीहरुको सहायतामा जिममा पुगेर अभिनय गरें र त्यसको भिडियो पठाएँ । सञ्जयलीला भन्साली र नायिका प्रियंका चोपडा त्यतिबेला क्यानडामा थिए । सञ्जयले मेरो भिडियो हेरेपश्चात् तुरुन्तै बोलाउन भनेपछि म मुम्बई पुगेको थिएँ ।
बलिउड निक्कै व्यवसायी र व्यवस्थित छ । म त्यहाँ पुगेपछि सुरुवातमा वर्कशप गरियो । नायिका प्रियंका चोपडा पनि त्यहाँ निरन्तर सहभागी हुन्थिन् । हामीले दिनको ४ घन्टासम्म वर्कशप गर्नुपथ्र्यो । यसपछि मैले जिममा भर्ना भएँ र शरीरलाई मजबुत बनाएँ ।
बलिउडका कलाकार अरुलाई निक्कै रेक्स्पेक्ट गर्छन् । त्यहाँ व्यवसायिकता भन्ने कुरा निक्कै ठूलो हो । दैनिक १२ घन्टासम्म हामीले निरन्तर सुटिङ गर्‍यौं। बलिउडमा मैले यो सिनेमासँगै नयाँ अनुभव गर्ने मौका पाएँ । यो चलचित्रको गीत सार्वजनिक कार्यक्रममा नायिका पि्रयंका चोपडाले नेपाली कलाकार सुनील थापा निक्कै प्रतिभावान भन्दा मलाई नेपाली भएकोमा गर्व लाग्यो । यो मेरो मात्र होइन, नेपाली फिल्म नगरी र सबै कलाकारको सफलता हो ।
कपिलको शोमा यसकारण गइँन
Sunil thapa 5भारतको चर्चित रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’ मा म पनि जाने कुरा थियो । तर, कार्यक्रममा अन्तिमतिर हामी पनि सिनेमा छौं भनेर देखाउन खोजेका थिए कपिलले ।
तर, अन्तिममा त्यो पनि दर्शक दीर्घाबाट आउनुपर्ने भनेपछि मैले ‘मेरी कोम’का निर्देशकलाई म जान्न भनें । म पनि नेपालको निक्कै नाम चलेको कलाकार हुँ, मेरो पनि प्रतिष्ठा छ, यदि सोझै अगाडिबाट स्टेजमा लगिन्छ र कुराकानी गर्ने हो भने म जान्छु, नत्र जान्न भनें ।
कसैले यसलाई घमन्ड भन्लान्, तर हामी नेपाली कलाकारको पनि एउटा स्थान छ, छुट्टै छाप छ ।


भिडियो


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment