सुनकोशी पहिरो पीडितका लागि राहत कोष

१८ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा शुक्रबार राति झरेको पहिरोबाट पीडित भएकालाई सहयोग गर्न सुनकोशी पीडित राहत कोष स्थापना गरिएको छ ।



आइतबार काठमाडौंमा भएको सिन्धुपाल्चोकका उद्योगी व्यापारीको भेलाले सुनकोशी पीडित राहत कोष 

स्थापना गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले जानकारी दिए ।
सिटिजन बैंकमा खाता खोलेर स्थापना गरिएको राहत कोषमा आइतबारै ४० लाख रुपैयाँ जम्मा भएको  छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघ र हिमालय सीमापार वाणिज्य संघको संयुक्त पहलमा स्थापित कोषमा करोड बढी रकम जम्मा गर्ने लक्ष लिइएको अध्यक्ष श्रेष्ठले बताए ।
सुनकोशी पहिरो पीडित राहत उद्दार कोषको नाममा खोलिएको सिटिजन बैंक इन्टरनेशनलमा खोलिएको ००१०००२३५९ सिए र जनता बैंकको ००३१०१००९५४४९०१ खातामा रकम जम्मा गरी पीडितहरुलाई सहयोग गर्न राहतका लागि सक्रिय सिन्धुपाल्चोक निवासी प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले आहृवान गरेका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment