घुस खाएर भागेको भन्दै जि.शि.अ. हराएको सुचना

suchana
 
प्रेम सुनार
गुल्मी, साउन–२६ ।  केहि दिन अघि यस..हाम्रो जगत डट कम .. मा यसरी मौलाउँदै छ जिशिका गुल्मीमा भ्रष्टाचार भन्ने शिर्षकको समाचार प्रकाशित भए पछि त्यसको जिल्लाभर प्रभाव परेको छ । उक्त समाचार प्रकाशित भए लगत्तै जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ विरुद्ध जिल्लाका विभिन्न विद्यालयहरु उत्रिएका छन् ।
   सोमवार पनि जिल्लाका विभिन्न विद्यालयका अभिभाकहरुले जिल्ला शिक्षा कार्यालयम धर्ना दिई गत साउन २ गते जिशिअ श्रेष्ठले शिक्षक सरुवा गरेर, विषय परिवतर्न र दरवन्दी लुकाएर   मोटो रकम खाएको आरोप लगाउदै विरोध सभा गरेका छन् । त्यसको  विरोध र व्याङ्ग स्वरुप सोमवार जिल्ला शिक्षा कार्यालयको गेट लगायतका स्थानमा जिल्ला शिक्षा अधिकारी हराएको सुचना टाँसीएको छ ।
  सुचनामा भनिएको छ –‘ यहि २०७१ साल जेठ महिना देखि गुल्मीको जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारीका रुपमा आएका  अन्दाजी ५२  वर्षका ५ फिट ५ ईन्च उचाई भएका  गहुँगोरो वर्णको  ब्याक्ती साउन ३ गते देखि शिक्षक सरुवा गरेर , विषय परिवर्तन र दरवन्दी लुकाएर वापत मोटो रकम हाता पारी हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले जिशिका गुल्मीमा सुचना गरी दिनु हुन अनुरोध  गरिन्छ । ’
    यस्तो व्याङ्गत्माक सुचना प्रकाशित गर्दै जिल्ला शिक्षा कार्यालयमा जम्मा भएका सयौै अभिभावकहरुले विरोध सभामा जिल्ला शिक्षा अधिकारीले गरेको उक्त सरुवा लगायतका विषयमा घुस खाएको आरोप लगाउँदै  तत्काल छानविन हुनु पर्ने माग गरेका छन् । धर्ना कार्यक्रममा हिमालय उच्च मावि हस्तीचौर, जनसहयोग मावि अर्खले, आत्मावोध उच्च मावि मानकोट उपल्लो तम्घास मावि तम्घास लगायतका विद्यायलहरुका अभिभावक आएका थिए ।
जिला शिक्षा अधिकारी श्रेष्ठ भने मोवाईलमा समेत सम्पर्क नहुने गरी  जिल्ला बाहिर रहेका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment