नायक श्रीकृष्णको अन्तिम विदाइ हेर्नुस (फोटो फिचर र भिडियो)

२०७१ साउन २६ गते
Shree-krishna-sab-yatra-1
२६ साउन, काठमाडौं । उपचारका क्रममा भारतमा निधन भएका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याइएको छ ।
आज अपराहृन उनको पार्थिव शरीरलाई काठमाडौं ल्याइएको हो । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर माइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको छ ।
उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए । समर्थकहरुलाई प्रहरीले मुल गेटमा रोकेको थियो ।
उनीहरु शवयात्रामा सहभागी भएका छन् । उनको पार्थिव शरीरलाई गाडीमा राखिएको छ । शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएको छ ।
श्रीकृष्ण पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ । जहाँ अहिले सायौं समर्थक पुगिसकेका छन् । उनलाई श्रद्धान्जली दिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल समेत जानेछन् ।
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।



श्रीधर पौडेल, विकाश श्रेष्ठ र अजय महर्जन/अनलाइनखबर
२६ साउन, काठमाडौँ । उपचारका क्रममा भारतमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याउँदा कालाकार तथा समर्थकको आँखा रसाए । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वरमाइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको छ । उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए । उनीहरु शवयात्रामा सहभागी भएका छन् ।
Shreekrishna death rituals (1)
Shreekrishna death rituals (2)
Shreekrishna death rituals (3)
Shreekrishna death rituals (4)
Shreekrishna death rituals (5)
Shreekrishna death rituals (7)
Shreekrishna death rituals (8)
Shreekrishna death rituals (10)
Shreekrishna death rituals (11)
Shreekrishna death rituals (13)

भिडियो



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment