बाबु थलिए, आमाले छाडिन्, तीन बच्चाको बिचल्ली

 ‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरुसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या प¥यो, हामी त बिचल्लीमा परेका छौँ’ आँखाभरी आँसु पार्दै सविताले भनिन् ।
भक्तपुर, २६ भदौ ।

पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि भक्तपुर चाँगुनारायण गाविस–७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार) का तीन बच्चा यतिखेर बिचल्लीमा परेका छन् । दलित वर्गभित्रको गरिबी हटाएर परिवारलाई सुख दिने भरोसा लिएर जुत्ता सिलाउने कामकै लागि साउदी अरब गएका ४० वर्षीय रामकृष्ण तीन महिना अरब मै थलिएर उपचारै नहुने अवस्थामा फर्किएपछि तीन बच्चाको बिचल्ली भएको हो ।

कसैले सहयोग गरिदिन्छ कि भनेर गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिए पनि कतैबाट सहयोग नजुटेपछि दलित परिवारको थप बिचल्ली भएको हो ।

गत वैशाख १६ गते साउदीबाट सिधै वीर अस्पताल लगेर तीन महिना उपचार गर्दा चिकित्सकले अब निको हुँदैन भनेर फर्काएपछि दैनिक घरमा बाबुको कुरेर बसिरहनुपरेको जेठी छोरी सविताले बताइन् । ‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरी बिरामी परे, आमा अरुसँगै भागेर गइन्, बुबाको उपचारदेखि खानलाउनसमेत ठूलै समस्या प¥यो, हामी त बिचल्लीमा परेका छौँ’ आँखाभरी आँसु पार्दै सविताले भनिन् ।

अस्पतालमा उपचार गर्दा लागेको रु तीन लाख अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा सङ्कलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षीय बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एक हजार रुपैयाँ खर्च हुने गरेपनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताए । जेठी छोरी सवितासँगै, १२ वर्षका छोरा सरोज, आठ वर्षकी छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ ।

चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले बिरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँलेले चन्दा उठाएर सहयोग गर्दै आएपनि यो दीर्घकालीन नभएको बताए । तीन बच्चाको बिचल्लीमा परेकाले उनले कसैले सहयोग गरिदिन्छ कि भनेर गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिए पनि कतैबाट सहयोग नजुटेपछि दलित परिवारको थप बिचल्ली भएको हो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment