२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन शुक्रबार न्यूयोर्क प्रस्थान गर्दैछन् ।
न्यूयोर्क जाने क्रममा प्रधानमन्त्री कोइरालाले यूएईको अबधाबीमा असोज ४ गते मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिने कार्यक्रम छ । केही उच्चस्तरीय राजनीतिक भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुने छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्ने विशेष समारोहलाई सम्बोधन गर्नेछन् र न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् ।
कोइरालाले राष्ट्र संघका महासचिव वान कि- मुनसँग असोज ११ गते विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको अन्तक्रिर्यामा सहभागी हुनेछन् ।
प्रधानमन्त्री कोइराला महासभासम्बन्धी कार्यक्रम सकेर स्वदेश र्फकने क्रममा न्युयोर्कबाट बेल्जियमको ब्रसेल्स समेत जाने कार्यक्रम छ । त्यहाँ रहँदा प्रधानमन्त्रीले युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखको संयुक्त बैठकमा सहभागी भई आवश्यक निर्देशन दिनुहुने छ ।
सार्क विदेशमन्त्रीसँग पनि भेट
असोज ९ गते हरेक वर्ष जस्तै यस पटक पनि महासभाको अवसर पारेर सार्क क्षेत्रको मन्त्रिस्तरीय अनौपचारिक बैठकमा सार्क शिखर सम्मेलनको आयोजना गर्न नेपालले गरेको तयारीका बारेमा सदस्य राष्ट्रलाई जानकारी गराइनेछ । परराष्ट्रमन्त्री पाण्डेले छिमेकी राष्ट्रका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछतन् ।
नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अतिकम विकसित, विकासशील, जी ७७ र चीन तथा अन्य साझेदारसँग सहस्राब्दी विकास लक्ष्यपछिका संयुक्त विकास योजनाका विषयमा विभिन्न तहमा छलफल गर्ने छ ।
0 comments:
Post a Comment