तस्वीरः चिदीचौर खेल मैदानको विजोग

प्रेम सुनार
गुल्मी, आश्विन ३ । वर्षायाम भित्रिनै लाग्दा सुरु गरिएको गुल्मीको सदरमुकाम तम्घास चिदीचौर खेल मैदानको पुननिर्माण कार्य अलपत्र हुँदा यहाँको खेलकुदमा समस्या सिर्जना भएको छ । गत चैत्र महिनाबाट शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाले सुरु गरेको उक्त मैदानको निर्माण कार्य यसपाली क्रमागत योजनाको रकम नपरेकोले अपत्र परेको हो ।
निमार्ण व्यवसायी संघका अध्यक्ष एवं उक्त निर्माण कार्यको जिम्मेवारी पाएका नारायणप्रसाद पोखरेलले रकम नपरेका कारण काम अलपपत्र परेको बताए । उनले भने–‘गत वर्ष विनियोजित रकम ३० लाख भनिए पनि निकसा भएको त्यस्तै साढे १९ लाख करिवको काम भएको छ , त्यस पछि रकम नपरकाले काम रोक्नु परेको हो ।’
जिल्ला खेलकुद विकासका उपाध्यक्ष कृष्ण भण्डारीले त्यस मैदनको निर्माण कार्य अलपत्र हुँदा नियमित खेल्ने कराँते, तेक्वन्दो, क्रिकेट, भलिवल, फुटवल खेल , विहानको दौड र सर्वसाधरणको व्याममा समेत वाधा पुगेको बताए । यसरी लामो समय सम्म अलपत्र नहुनु पर्ने खेल मैदानको निर्माण कार्य पुरा नभए पनि केहि भागमा थुप्रिएको माटो हटाएर खेल नियमित गर्नका लागि आफुले शहरी विकासमा वारम्वार आग्राह गरेको उनको भनाई छ । पुर्व अध्यक्षहरु वालसिंह काउछा, प्रितम काउछा, टिका भलामी लगायत पनि त्यसबाट चिन्तीत भएको भण्डारीले जनाए ।
त्यो अलपत्र अवस्था प्रति जिल्ला खेलकुद विकास समिति, जिल्ला विकास समिति र जिल्ला प्रशासन कानमा तेल हालेर वसेको आरोप एमाओवादी अध्यक्ष सुदर्शन वरालले लगाए । उनले भने–‘ यि तिन निकाय कै आँखा अगाडी चिदीचौरको त्यो विजोग हुँदा पनि वास्ता गरिएको छैन् , कानमा तेल हालेर वसेको महशुस भएकोछ ।’
निमार्ण कार्य रकम अभावका कारण रोकिए पनि जिविसले डोजर लगाएर थुप्रिएको माटो फालेर खेलकुद नियमित गर्नु पर्ने र त्यसका लागि जिविसले सर्वदलिय संयन्त्रको बैठक डाक्नु पर्ने उनको धारण छ । उनले थपे–‘ अहिले सम्म हामीहरुलाई जिविसले कुरै राखेको छैन्, आफ्नै आँखा अगाडी त्यो विजोग हुँदा पनि । ’
नेकपा एमालेका सचिव सोमनाथ सापकोटाले पनि यस विषयमा जिविसले आफुहरु संग कुरै नराखेको बताए । उनले भने–‘ खेलाडीहरु र अन्य सर्वसाधरणलाई समेत निकै समस्या आएको छ, यस वारे अव हामीले छिट्टै जिविस र शहरी विकाससंग कुरा राख्छौ । ’ उनले धपे–‘ त्यस्तै २५ देखि ५० हजार सम्ममा डोजर लगाएर माटो फाल्न सके खेलकुद नियमित हुन सक्छ यसवारे छmफल गर्नेछौं । ’
नेपाली कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले यसपाली भुलवस उक्त योजनाको क्रमगत रकम पर्न नसकेको तर अव छिट्टै संशोधित योजनाबाट रकम पर्न लागेको बताए । उनले भने–‘ वाई मिस्टेक यस वर्ष रकम पर्न सकेन, अव सशोधित योजनाबाट पर्दैछ र निर्माण कार्यले निरन्तरता पाउँछ । ’ रेसुङ्गा नगरपालिकाको शहरी विकास योजना अन्तरगत २ करोड ६२ लाख विनियोजन भएको र त्यस मध्ये चिदीचौर पुनर निर्माण कार्य सुरु भएको श्रेष्ठले बताए ।
अघिल्लो वर्ष करिव १२ लाखमा चिदीचौरको नाली वनेको हो श्रेष्ठले थपे–‘ गत वर्ष करिव ३० लाख परे पनि वाँकी रकम फ्रिज गएको र त्यस्तै साढे १९ लाखको काम भएको छ । ’
अघिल्लो वर्ष उक्त नाली बनाउन मात्रै भए जस्तो देखिएको छ । नाली त बन्यो तर पानी त्यसवाट वगेन वाहिरबाट भल बग्यो । यस वर्ष यमाको अविरल वर्षका वेला भल वाढी सिधै जिल्ला प्रशासन भित्र पस्यो । जिल्ला विकास समिति र यस समाचारदाताको कार्याले समेत डुवानमा परेर ठुलो क्षति व्यहोर्नु परेको थियो ।
यस समाचारदातको कम्युटरको हार्डडिक्स समेत डुवानमा परेर विग्रियो र जिल्ला खेलकुद विकास कार्यालयका कम्युटर लगायतका सामग्री पनि मर्मत गर्न पर्ने भएको थियो । शहिद चौकका पसलेहरु समेत नाली वाहिरबाट बगेको भेलले सास्ती खेप्नु परेको छ । व्यवस्थीत ढल निकास नहुनुले माथी खानीगाऊँ देखि बगेर आएको भेलले पहिल्लै देखि समस्या सिर्जना गर्दै आएको छ ।
चिदीचौर खेल मैदानमा खेल खेल्नु त परै जाओस् त्यस छेउँछाउका सडकमा अहिले पैदल यात्र गर्न समेत कठिनाई भएको छ । सम्पन्न ढलको काम राम्रो नभएको सर्वसाधरणको गुनासो रहेका छ र चिदिचौर निर्माण कार्य पनि झारा टराई हुने हो कि भन्ने आशंका गर्न थालेका छन् ।
यस सम्वन्धमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर शान्तमणी अर्यालसंग सम्पर्क राख्दा उनले निर्माण व्यवसायी नारायणप्रसाद पोखरेललाई उधारोमा भए पनि डोजर लगाएर माटो अन्यत्र फाल्न लगाएको बताए ।
जिल्ला प्रशासनको ध्यान पुगेको छ कि छैन त भन्ने जिज्ञाषामा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले आफ्नो ध्यान पुगेको बताए । उनले भने–‘ तत्काल त्यहाँको माटो हटाएर खेल मैदान सचारु बनाउन मैले शहरी विकासका ईन्जिनियर शान्तमणीलाई भनि सकेको छु , छिट्टै काम सुरु हन्छ ।’

0 comments:
Post a Comment