प्रतियोगिता संगै मानबिय सेवा(फोटो फिचर )


तेजेन्द्र थापा / गुल्मी ,

 महिलाहरुको महान पर्व हरितालीकाको अवसर पारी " श्री उदय शान्ति युवा क्लब "शान्तिपुर गुल्मीले विभन्न कार्यक्रमको आयोजना गरेको थियो / खुल्ला तीज गीत प्रतियोगिता संगै मानबिय सेवा समेत गरेको थियो / मृगौला पिडित हर्राचौर -८ भुल्के गुल्मी निवासी वर्ष ३५ का खिम बहादुर थापा र सुखौरा -४ बाग्लुंग निवासी वर्ष १५का पोषण पुन लाई केहि रकम संकलन गरि हस्तान्तरण गरेको छ भने देशका विभिन्न ठाउमा भएको बाढी पहिरो पिडितलाई पनि केहि रकम प्रधान मन्त्रि राहत कोषमा ईलाका प्रहरी कार्यालय शान्तिपुर गुल्मी मार्फत जम्मा गरिदिएको छ / खिम बहादुर थापालाई नगद रु .८०,०००/- पोषण पुनलाई नगद रु .३०,०००/-र प्रधानमन्त्रि बाढी पहिरो राहत कोषमा नगद रु १०,०००/- रकम मृगौला पिडित दुवै जनालाई र बढी पहिरो राहत ईलाका प्रहरी कार्यालय शान्तिपुरका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बनारसी गुप्तालाई हस्तान्तरण गरियो /
खुल्ला तीज गित प्रतियोगितामा गुल्मी र बाग्लुंगका गरि ७ टीमको सहभागिता रहेको थियो / सो प्रतियोगितामा पहिलो स्थान संगै नगद रु .१०,०००/- जित्न सफल भएको थियो श्री शारदा उच्च मा.बि.बाटाकाचौर बाग्लुंग ,दोश्रो स्थान संगै नगद रु ६,०००/-प्राप्त गर्न सफल भएको थियो जनजागृति युवा क्लब बिशुखर्क भिरखानी गुल्मी भने तेश्रो स्थान संगै नगद रु ४,०००/- हात पार्न सफल भएको थियो जनचेतना आमा समुह माझगाउ सुखौरा बाग्लुंग र सान्त्वना पुरस्कार नगद रु २,०००/- प्राप्त गरेको थियो एकता सास्कृतिक मंच बाटाकाचौर खाल्ले बाग्लुंगले /
सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु राधिका हमाल ,शिलु भट्टराई ,सन्तु थापा र पार्वती लगाएतले आफ्नो सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए /
सो कार्यक्रममा मृगौला पिडित खीम बहादुर र पोषण पुनले आफु अरु जस्तै बाच्न चाहेको र बाच्नको लागि उपचार गर्ने पैसा आफु संग नभएको पिडा सुनाउदै भाव बिभल भई रुदा उपस्थित हजारौ दर्शक समेत भाव बिभल भई रोहेका थिए /
सो कार्य क्रम श्री उदय शान्ति युवा क्लबका अध्यक्ष तेजेन्द्र थापाको सभापतित्व तथा बरिष्ठ समाज सेवी झापट मान श्रेष्ठको प्रमुख आतित्थ्यमा सम्पन्न भाको थियो /













Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment