प्रदिप आत्रेय
हङकङ जब सरिर बुढ़ो हुदै जान्छ । जिवन घाटा र नाफाको सौदामा कता पल्ला भारी पर्यो भन्ने निचोड़ निकाल्न
बुड्यौलि खुव काम लाग्छ ।
बुढेसकालमा केहि काम गर्न नसकेपनि कमसेकम अतितमा डुबेर भुल्न सकिन्छ । बर्को ओडि खाटमा बसेर
टोलाउदा अतित खुलिरहनेछन् । बल्ठ्यागंका पिडाहरु, बाउठिदा रसहरु,बिछोडका गमहरु,रमिताका ग़ज़वहरु,
अपमानित क्षणहरु, मित्र मिलनका खुसि हरु,भोगका त्रििप्त हरु र कुदृष्टि हरु,
पाप हरु, गरेका धर्म हरु,राम्रा नराम्रा कर्म हरु ,आदि जति स्मरण आउने छन् ।कतिबेला पश्चाताप मा डुवेर
आँसु खस्नेछ, कतिवेला खिस्स हाँस्न पुगिने छ । कतिबेला क्रोध त कतिबेला ठण्डा भईने छ । परिवार ले बुडा
पागल भये भन्ने छन् । नभनुन पनि कसरि यि पागलैका त लक्षण हुन ।
भेट्न आउनेले सोध्ने छ बुडा बा लाई कस्को छ?
अरु त सबै ठिक छ, होस छैनन्, घरि रुने हो, घरि हाँस्ने हो, कहिले चरप्पै खाई पनि हाल्ने कहिले मुख
उक्काउनै सकिदैन । कहिले रात दिन निदाउने कहिले आँखा झिमिक्क हैन,!
तेसो भये त "खुस्केकै रैछनि" भेट्न आउने ले भन्नेछ ।
बुडो उनिहरुलाई देखेर मुसुक्क हाँस्ने छ । यो मुस्कान ले भेट्न आको लाई पक्का हुनेछ, बुडो पागलै हो ।
यहिनै जिवनको अन्तिम बिल्ला हुनेछ ।
समाप्त,!
0 comments:
Post a Comment