काठमाडौँ , असोज ८–
प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ६९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री कोइरालाले राष्ट्रपति ओबामासँगको भेटका अवसरमा सो निमन्त्रणा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । न्यूयोर्कको ३०४ पार्क एभेन्युस्थित द वालडोर्फ अस्टोरिया होटलमा भएको सो भेटका अवसरमा कोइरालाले एक दशकभन्दा लामो सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपमा अवतरण गराएर संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण भइरहेको समयमा राष्ट्रपति ओबामाको नेपाल भ्रमणले संविधान निर्माण प्रक्रिया र लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्ने बताएका थिए । जवाफमा ओबामाले समय मिलाएर नेपाल आउने प्रयास गर्ने बताएका थिए । भने नेपालको अवस्थाबारे पनि चासो राखेका थिए ।

0 comments:
Post a Comment