रेसुङ्गा अस्पताल पाँचौं वर्षमा प्रवेश


     प्रेम सुनार
गुल्मी, आश्विन–३ । गुल्मीको सदरमुकामको रेसुङ्गा अस्पताल प्रा.लि. चौथो आज विहिवार देखि चौथो वर्ष पार गरी  पाँचौ वर्षमा प्रवेश गरेको छ । उक्त अस्पतालले आज भव्य समारोहको आयोजना गरी चौथो वर्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पाका अध्यक्ष गोपाल पोखरेलले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गदै प्रमुख अतिथी पोखरेलले रेसुङ्ग अस्पताल संग सहकार्य रहँदै आएको र आगमी दिनमा प्रवास पाल्पाले सक्दो सहयोग गर्दै जाने उद्घोष गरेका थिए ।
    कार्यक्रममा विशेष अतिथीहरु जिल्ला न्यायाधिस ऋषिराम आचार्य, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेपाल कांग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, एमाओवादीका सचिवालय सदस्य वेगमबहादुर चन्द वोहरा, राष्ट्रिय जनमोर्चाका सचिव छविलाल सर्तुङ्गे मगर,  गुरुगोरख गुल्मका गुल्मपति सेनानी भिमशंकर वन, सशस्त्र प्रहरी गुल्मपति सशस्त्र प्रहरी नायव निरीक्षक जनकराज वस्नेत, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
   निजी क्षेत्रमा जिल्लाको सुविधा सम्पन्न मानिने रेसुङ्गा अस्पतालमा दुई जना एमडी डाक्टर सहित तिन जना डाक्टर र ३९ जना जनशक्ती रहेको जनाईएको छ  । कार्यक्रममा  ५० शैयाको उक्त अस्पतालमा जनरल चेकअप, युएसडी, एक्सरे, ईन्डोसकपी, आधुनिक ल्याव, माईनर र वेला वेलामा मेजर अप्रेशन गर्ने गरेको बताईएको थियो ।
  रेसुङ्गा अस्पताल सञ्चालक समितिका अध्यक्ष नन्दराम भुसालको अध्यक्षता रहेको कार्यक्रममा सञ्चालक शेरबहादुर थापाको स्वागत मन्तव्य, कार्यकारी निदेशक महेशकुमार श्रेष्ठ र उक्त अस्पतालका एमडी डाक्टर लक्ष्मण भुसालको सञ्चालन रहेको थियो ।

 तस्वीरः तारा भुसाल– वार्षिकोत्सव उद्घाटन सत्र

Displaying tara 1.jpg

Displaying tara2.jpg


Displaying tara 3.jpg


Displaying tara4.jpg








Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment