पेन्शन पाकेका शिक्षकको ५८ वर्षमा फेरी नियुक्ती


प्रेम सुनार
गुल्मी, भदौ–१७ ।  प्रा.वि. तह स्थाई शिक्षक उनको पेन्शन पाकेको १५ वर्ष अघि नै हो । अहिले उनको जागिर ३५ वर्ष भई सक्यो भने अस्थाई दरवन्दीमा पढाउन थालेको ३९ वर्ष भयो । पढाउँदा पढाउँदै उनलाई आफ्नो उमेर ५८ वर्ष पुगेको पत्तै भएन् ।
२०६९ सालमा शिक्षा आयोग खुल्यो । ५६ वर्षको उमेरमा माध्यमिक तह समाजिक विषय परिक्षामा उनी सहभागी हुने आँट गरे । नभन्दै उनका छोराका उमरेका सहभागिहरुलाई पछाडी पार्दै उनले यस पालि २०७१  सालमा नाम निकाले । हालै उनले जिल्ला शिक्षा कार्यालयबाट नियुक्ती पनि पाएका छन् ।
 उनि हुन् गुल्मीबाट शिक्षा आयोगबाट नाम निकाल्ने सवै भन्दा पाको उमेरका शिक्षक  वम्घा– ९ का ५८ वर्षिय मिनप्रसाद ज्ञवाली । जसले पछिल्लो चरण वम्घा टाटीम निम्न माध्यामिक विद्यालय वम्घामा पढाँउदै थए । उनले ५८ वर्षको उमेरमा मावि स्थाई शिक्षकमा नाम निकालेर नियुक्ती पाए पछि युवा उमेरका शिक्षकहरु चकित परेका छन् र उमेरले छेक्दो रहेनछ भन्ने कुरामा प्रेरित गरेका छन् ।
२०१४ साल साउन २९ गते जन्मीएका उनले १८ वर्षको उमेर देखि अण्डर एसएलसी अध्यानका क्रममा वम्घा चौतारा प्रावि वम्घाबाट पढाउन सुरु गरेका थिए । त्यस प्राविमा एक वर्ष पढाएका उनी त्यहाँबाट पद्यमा प्रावि रिमुवामा पुगेर २७  वर्ष पढाए । त्यस क्रममा २०३७ साल जेठ ५ गते उनि प्रावि तह स्थाई शिक्षकको नियुक्ती पाएका थिए ।  ‘ पढाउन थालेको त ३९ वर्ष भयो, स्थाई शिक्षक नियुक्ती पाएको ३५ वर्ष भयो’– उनले भने–‘ यो वुढेशकालमा फेरी मावि तह शिक्षकमा नियुक्ती पाउँदा निकै खुशी छु । ’
 यस अघि वम्घा टाटीम निम्न माध्यामिक विद्यालय वम्घाको प्रावि द्धृतिय तह स्थाई शिक्षक रहेका उनी आज त्यस विद्यालयबाट रवाना लिई त्रिभुवन उच्च माध्यामिक विद्यालय कुर्घा भुवाचीदीमा मावि तह सामाजिक विषय शिक्षक भएर जाँदै गरेको बताए । कामकाजी र मेहनती मानिसलाई उमेरले नछेक्ने मानसिकता बनाएका उनले भने–‘ स्वच्छिक अवकास पाएको त १५ वर्ष भयो तर ज्यानले सके सम्म  कामै गरेर खानु पर्छ भन्ने मान्यतामा अडिक भएकोले स्थाई शिक्षक भएको ३५ वर्ष पुग्दा पनि जागिर छोड्न सकिन् ।’
उनलाई घरमा नपुगेर होईन् । छोराहरु   काठमाण्डौमा अध्यानरत र जागिरे पनि छन् । उता छोरी सावित्रा ज्ञवाली खनाल अमेरिकामा छन् । जेठा छोरा सञ्जयले काठमाण्डौमा मास्टर डिग्री गर्दै छन् भने कान्छा छोरा सञ्जीवले एडभान्स कलेज कुपन्डोलमा ईलोक्ट्रोनिक विषयमा स्नातक गरी सकेका छन् ।  उनका कान्छा भाई काठमाण्डौं मै शिविल ईन्जिनियर छन् ।

उनिहरुले बुढेशकालमा पनि माध्यामिक तह अस्थाई शिक्षकमा नाम निकाल्न सफल भएको प्रति खुशी व्यक्त गरे ।  सामाजिक विषय परिक्षामा उनका प्रतिस्पर्धी जनता उच्च माध्यामिक विद्यालयका शिक्षक विष्णुप्रसाद पाण्डेले ज्ञवालीको बुढेशकालको त्यो सक्षमता देखेर आफु चकित परेको बताए । जिल्लाको शैक्षिक क्षेत्रमा अहिले उनै ज्ञवालीको चर्चा छ । उनि स्थानिय तहमा ईमान्दार र प्रतिष्ठीत समाज  सेवीका रुपमा समेत परिचीत छन् ।
तस्वीरः  उनै शिक्षक मिनप्रसाद ज्ञवाली




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment