संविधानको एजेन्डामा मात्रै छलफल हुने
२८ भदौ, काठमाडौं । आगामी मंगलबार गरिने बहुप्रतिक्षित सर्वपक्षीय राजनीतिक सभा एकै दिनमा सकिने भएको छ । सभाका आइतबार ६४ दललाई पत्राचार गर्ने चार दलीय कार्यदलको बैठकले निर्णय गरेको छ ।
ल्होत्से हलमा ३१ गते विहान साढे ८ बजे सुरु हुने चार दलबाट पाँच-पाँच तथा अन्य दलबाट एक-एक नेता सहभागी हुनेछन् ।’साना दलहरुलाई पाँच मिनेट र ठूला दलहरुलाई केही बढी समय दिइन्छ’ एमाले सभासद एवं कार्यदल सदस्य अग्नि खरेलले अनलाइनखबरसँग भने-‘सम्मेलन एकै दिनमा सक्ने सहमति भएको छ ।’
लामो विवादपछि चार दलबीच सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ मा सम्मेलन गर्ने शुक्रबार सहमति भएको थियो ।
नेताहरुका अनुसार बैद्य माओवादीसँग राजनीतिक सम्मेलनमा सहभागी गराउने ३३ दलीय मोर्चामा आवद्ध दलहरुको सूची मागिएको छ । सूची आएपछि भोलि (आइतबार) पत्र काटिनेछ’ एमाओवादी महासचिव एवं कार्यदलका सदस्य कृष्णबहादुर महराले अनलाइनखबरसँग भने ।
संविधानबारे मात्रै छलफल
सर्वपक्षीय राजनीतिक सभामा नयाँ संविधानका अन्तरवस्तुमा मात्रै छलफल हुने भएको छ । बैद्य माओवादीले शान्ति प्रक्रिया र राष्ट्रिय महत्वका पीटीए लगायतका विषयमा समेत छलफल गर्नुपर्ने बताएको थियो ।
‘कुराहरु त धेरै आए तर, अहिले संविधानका विषयमा मात्र छलफल गर्ने सहमति भएको छ’ खरेलले भने ।छलफलका आधारमा तयार पारिने प्रतिवेदनलाई थप छलफल गर्ने वा संविधानसभाको कुनै समिति वा प्रक्रियामा समावेश गराउने भन्ने निर्णया शीर्ष बैठकले गर्नेछ ।

0 comments:
Post a Comment