अर्को खुलासा : अन्जु पन्तले बुद्धको गीत पनि गाउन मानिनन्-


भदौ-२१, काठमाडौं
---गायिका अन्जु पन्तमाथि क्रमशः विवादका पाटा खुल्दैछन् । यी लोकप्रिय गायिकाले यसअघि बुद्धको गीत गाउनलाई अस्वीकार गरिदिएको रहस्य खुलेको छ जसलाई शनिबार प्रकाशित एक ट्याब्लोइडले सार्वजनिक गरेको छ ।
हिन्दु गीत गाउन नमानेपछि उत्पन्न तीव्र आक्रोशलाई मत्थर पार्न फेसबुकबाट
माफी मागेपनि उनले यसअघि पनि क्रिस्चियन
भएकै कारण एउटा गीतमा बुद्धको नाम उच्चारण नगरेको खुलेको हो । अन्जुले केही अगाडि बजारमा आएको 'पूर्व रुन्छ छोरो' बोलको राष्ट्रिय गीतमा रहेको दोस्रो अन्तराको अन्तिम लाइनमा बुद्धले शान्ति छर्ने देश गाउननमानेकी थिइन् । ‘म क्रिस्चियन भएर कहाँ बुद्धको गीत गाउँछु त’ कृष्णप्रसाद दाहालको रचना र राजेन्द्र श्रेष्ठको संगीतरहेको गीत रेकर्ड गर्दा अन्जुले भनेकी थिइन् ।उनले सो लाइन गाउननमानेपछि त्यो शब्दबिना नै गीतलाई बजारमा पठाइएको थियो । यसैसाता दशैं गीत गाउन नमानेपछि अन्जु पन्तले विवाद खेपिरहेकी छिन् । उनले शुक्रबार मात्र माफी मागेकी थिइन् । ( स्रोत :- मेरो सिनेमा )
LikeLike ·  ·  · 30343

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment