कम प्रदेश बनाउन राष्ट्रपतिको आग्रह

२३ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले संघीयतामा जाँदा कम प्रदेश बनाउन दलहरुलाई आग्रह गरेकमा छन् ।
rambaran yadavराष्ट्रिय अखण्डता, सार्वभौमसत्तालाई कायम रहने गरी प्रदेशहरु बनाउनु पर्ने भन्दै उनले भने-‘कम भन्दा कम प्रदेश बनाउनुपर्छ । पहाड, तराई र हिमाललाई मिलाउनुपर्छ ।’
विश्व दृष्टि दिवसमा अवसरमा स्वास्थ्य मन्त्रालयद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति डा यादवले वार्ताका माध्यमबाट समस्या समाधान खोज्न दलहरुलाई आग्रह गरे ।
उनले भने-‘मैले सुनेको छु, दलहरुका बीचमा राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीका जस्ता विषयमा मतभेद छ, म दललाई विनम्रताका साथ आग्रह गर्छु यस्ता विषयलाई वार्ताका माध्यमबाट छिटो समाधान गर्नुहोस् ।’
नेपाली जनताले छिटोभन्दा छिटो संविधान चाहिरहेका भन्दै उनले भने-‘मैले सबै पार्टीलाई बोलाएर छिटो संविधान बनाउनुहोस् भनेर हात जोडिरहेको छु, यही मात्र मेरो काम देखिएको छ ।’


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment