जस्ले भोगेको छ उसैलाई थाहा छ
अर्काको नोकरी गर्दा के हुन्छ के हुदैन भन्ने
प्रदेशमा सुख छ भन्छन घर बस्नेहरुलाई के थाहा
चर्को घाम साहुको गाली सहनु पार्ने प्रदेशिको ब्याथा
कोहि भन्छन ऐया आमा पर्दा बिरामी
कोहि रुन्छन अस्मिता बेचिदा भिजाउदै सिरानी
एउटा हातमा हेल्मेट भिर्यो अर्को हातमा खाना
भाले बास्न नपाउदै पर्छ काममा जान ।।
कहिले महिना मर्ला भनी औंला भाची बस्छन
तलब बुझ्न पाको छैन पैसा पठा भन्छन
कहिले बुझ्ने परिवारले प्रदेशीको बेथा
दु:ख पिडा आँसु रहेछ प्रदेशीको कथा ।।
प्रदेशीको जिबन भन्नू रहेछ एउटा बन्धगी
नपाई हासो नपाई खुशी सकिने रहेछ जिन्दगी ।।
अभागी केशव पाण्डे समीर
रेसुङगा नगरपालिका वाड न 11 आम्डाडा कल्लेरी गुल्मी हाल मरुभूमिको शहर दोहा कतार

रेसुङगा नगरपालिका वाड न 11 आम्डाडा कल्लेरी गुल्मी हाल मरुभूमिको शहर दोहा कतार


0 comments:
Post a Comment