प्रेम सुनार
गुल्मी, भदौ–१७ । न्याधिषहरुले गरेका कमजोरीहरु प्रति सञ्चार माध्यामले टिका टिप्पणी गरे मान हानीको मुद्धा दिने गरिएको कुरालाई ईङ्गित गर्दै नेकपा एमालेका केन्द्रिय सचिव प्रदिपकुमार ज्ञवालीले के न्याधिषहरु आफै अदालत हुन् ? भन्ने प्रश्न गरेका छन् । आज गुल्मीको सदरमुकाम तम्घासमा प्रेस चौतारी नेपाल गुल्मीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नेता ज्ञवालीले यस्तो प्रश्न गरेका हुन् ।
‘न्याधिषहरु व्यक्ति हुन् आफै अदालत होईनन्’–नेता ज्ञवालीले प्रति प्रश्न गर्दै भने–‘उनिहरुले विवादित मानिसहरुलाई उन्मुक्ती दिन्छन् भने मिडियाले टिका टिप्पणी गर्न किन नपाउने ?’ केहि दिन अघि ल्याईएको अदालतको मान हानी विद्येयक त्रुटी पुर्ण भएको भन्दै नेता ज्ञवालीले हरेक न्याधिष व्यक्ति भएको र उनले गरेका कमजोरीहरु प्रति सञ्चार माध्यमले टिका टिप्पणी गर्न पाउन पर्नेमा जोड दिए । भने–‘ १५ ÷ १६ करोडको सुन तस्करी गर्नेहरुलाई न्याधिषहरुले उन्मुक्ती दिन पाईन्छ ?
राष्ट्रिय राजनीतिको वारेमा चर्चा गर्दै ज्ञवालीले नेकपा एमाले उच्च स्तरिय राजनैतिक संयन्त्र बनाउने पक्षमा नभएको बताए । उनले भने–‘ हिजो खिलराज रेग्मीको नेतृत्वमा दल विहिन सरकार थियो र केहि आशंकाहरु निमुल गर्न राजनैतिक संयन्त्रको खाँचो थियो अहिले दलिय सरकार छ यसर्थ संयन्त्रको आवस्यकता एमालेले देखेको छैन् । ’
उनले उच्च स्तरिय संयन्त्र बनाउने नै हो भने केहि सर्तहरु अगाडी सारेका छन् । पहिलो सर्त संविधान सभाका लागि संयन्त्र सहयोगी मात्रै वन्नु पर्ने तर कुनै पनि कुरामा हस्तक्षेप गर्न नपाईने । दोश्रो राजनैतिक संयन्त्रमा मुख्य तिन दल मात्रै रहनु पर्ने र तेश्रो नेतृत्वमा आलोपालो प्रणाली हुनु पर्ने सर्त अगडी सारेका छन् ।
सवै राजनैतिक दल राख्ने हो भने राप्रपा नेपाल अहिलेको चौथो शक्ति हो उसलाई कसरी राख्ने जवकी उ अहिलेको सवै प्रकृृयाको विपक्षी हो । उनले एकिकृत नेकपा माओवादीले शान्ति प्रकृयाका प्रमुख दलहरु संग सहकार्य नगरेर मधेषी र जातिय संगठनहरु संग मोर्चा बन्दी गरेको प्रति अशंका उत्पन्न भएको बताए । एकल जातिय पहिचानका आधारमा संघिय प्रदेश बनाउन नेकपा एमाले कुनै पनि हालतमा तयार नहुने कुरा दोहराउँदै उनले माघ ८ मा जसरी पनि संविधान जारी गर्ने जिकिर गरे ।
कार्यक्रममा सभासद दिलशोभा पुन, पे्रस चौतारीका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र नेकपा एमाले गुल्मीका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तको विशेष आथित्यथा थियो । त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, प्रेश चौतारीका केन्द्रिय सदस्य गगनशिला ख्डका, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सम्मेलन समिति सदस्य प्रेम सुनार, प्रेस युनियनका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रगतिशिल पत्रकार समाजका योगेन्द्र काउछा, प्रेस चोतारी नवलपरासीका अध्यक्ष बिद्रोही गिरी,रुपन्दीहीका अध्यक्ष प्रदीप आर्चाय कपिलबस्तुका हरी अधीकारी,पाल्पाका कमल तिमिलसिना र अर्धाखाँचीका पार्वता श्रेष्ठ लगायत राजनीती दल र सरकारी कार्यालयका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन आयोजक समितिका संयोजक ज्ञानबहादुर महतराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य टोपलाल अर्यालको स्वागत मन्तव्य र सचिव शिवलाल सुवेदीको सञ्चालन रहेको थियो । अधिवेशन उद्घाटन सत्र पछि अहिले वन्द सत्र चलि रहेको छ ।
तस्वीर ः अधिवेशनलाई सम्वोधन गर्दै प्रमुख अतिथी एमाले नेता ज्ञवाली
0 comments:
Post a Comment