नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरले प्रर्दशनको ५१ दिने उत्सव मनाएको छ । शनिवार राजधानीमा कार्यक्रमको आयोजन गरि चलचित्रले ५१ दिने ऐतिहासिक उत्सव मनाएको हो ।
सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको उपस्थितीमा भएको कार्यक्रममा स्वर्गीय नायक श्रेष्ठको सम्झना पनि गरिएको थियो ।
परिवारका सबै सदस्यसहित सञ्चारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रममा श्रेष्ठकि पत्नी स्वेताको भने उपस्थिती थिएन । निमोनिया भएर अस्पतालमा चेकजाँच गराउन जानु परेकोले गर्दा उनी कार्यक्रममा उपस्थित हुन सकिनन् ।
गत असार २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको चलचित्र कोहिनूरले काठमाडौं र बाहिरका ११ वटा हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ । ऐतिहासिक सफलताको उत्सवमा कोहिनूरका लेखक तथा निर्देशक आकाश अधिकारीलाई चलचित्रका निर्माताहरुले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
त्यस्तै निर्देशक अधिकारीसहित कोहिनूरमा आवद्ध प्राविधिक, कलाकार, पत्रकार, वितरक, हल सञ्चालक तथा प्राविधिकहरुलाई सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको हातबाट ट्रफी तथा सम्मानपत्र वितरण गरिएको थियो । स्व अभिनेता श्रीकृष्ण श्रेष्ठको ट्रफी भने उनकी ८२ वर्षकी आमालाई हस्तान्तरण गरिएको हो ।
चलचित्र कोहिनूरले अहिलेसम्म झन्डै ११ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । अझै पनि चलचित्र भवनहरुमा चलचित्र हेर्न दर्शकको घुईचो लागिरहेको हलसञ्चालक तथा वितरकहरु बताउँछन् । दसैँमा थप केही हलहरुमा चलचित्रको माग भएको जानकारी निर्माण युनिटले गराएको छ ।
0 comments:
Post a Comment