मिति : २०७१ असोज, ३ शुक्रबार
इलाम: इलाम माईपोखरीका एक युवकले आफ्नै श्रीमतीलाई गएराति कुटपिट गरी हत्या गरेका छन् । माईपोखरी–३ निवासी ३० वर्षीय बिरेन राईले श्रीमती २६ वर्षीया जानुका राई (कार्की) लाई कुटपिट गरेर हत्या गरेका हुन्।
बिहीबार राति ९ बजे मादकपदार्थ सेवन गरेर एकआपसमा भनाभन हुँदा राईले जानुकालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते जानुकाको उपचारका लागि राति नै जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए।
प्रहरीले राति नै बिरेनलाई नियन्त्रणमा लिइसकेको छ । जानुकाका छ वर्षीय छोरा र नौ महिनाकी छोरी रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। रासस
0 comments:
Post a Comment