४२ घन्टा दलदलमा फसेका व्यक्तिको उद्धार


सालु गाविस वडा नं. ४
 सुनारपानी गाविसको वडा नं ६ को सिमानामा पर्ने भ्यागुरेखोला दोभानको दलदलमा फसेका एक जनाको ४२ घण्टापछि शनिवार दिउँसो सकुशल उद्धार गरिएको छ ।
मन्थलीवाट सुनारपानी हुदै सालु तर्फ पैदल हिड्दै गएका एक व्यक्ति रणजोर खोला र भ्यागुरे खोलाको दोभानवाट तर्न बिहीबार बेलुकी दलदलमा भासिएका थिए ।
उद्धार गरिएका व्यक्तिले नेपाली, हिन्दी र अंग्रेजी नबोल्ने र नबुझ्ने भएकाले उनी को हुन भन्ने एकीन गर्न गाह्रो भएको छ । तर उनी भारतीय नागरिक नै हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रमेशकुमार वस्नेतले जानकारी दिनुभयो ।
उनलाई शुक्रबार बेलुकी मन्थलीबाट सालु जाने क्रममा रामेछापका स्थानिय शान्ति समितिका संयोजक शिवजी घिमिरेले भासिएको अवस्थामा देख्नु भएको थियो । ‘घर फर्कने क्रममा माथि डाँडाबाट कसरी हो आँखा यो खोला तिर परेछन्’ घिमिरेले भन्नुभयो ‘मान्छे जस्तो लाग्यो र नजिक आएर हेरेको यी मान्छेको घाँटीभन्दा तलको भाग त हिलोमा भासिएको रहेछ ।’ त्यसपछि सालु गाविसमा रहेको प्रहरी चौकीका प्रहरी जवानहरु, स्थानीयवासिन्दा, जिल्ला प्रहरी कार्यालय मन्थली, र सशस्त्र प्रहरीसहितको टोलीले शुक्रबार बेलुकी नै घटनास्थलमा पुगी उद्धार गर्न खोजेपनि संभव भएको थिएनन ।
उद्धारमा आएका सुनारपानी गाविस ४ का चन्द्रवहादुर कार्कीले ती व्यक्ति बिहीबार बेलुकी हिलोमा भासिएको जानकारी दिनुभयो । ‘बिहीबार बेलुकी पख म खेतमा पानी लाउने क्रममा आएको थिए । त्यही वेला काँधमा कालो झोला बोकेर सालुतर्फ लाग्दै गर्दा मैले उनलाई वाटोमा भेटेको हुँ ।’ कार्कीले भन्नुभयो ‘मैंले बिहीबार देखेकै मानिस यो दलदलेमा भासिएका रहेछन् ।’ एकदम दलदले पानी सहितको हिलो माटो भएकाले जुन ठाउँमा टेक्यो त्यही ठाउँमा भासिने र खन्दै जाँदा तलवाट पानी निस्कने, माटो फालेको ठाउँ तत्कालै पुरिने भएकाले उद्धार कार्यमा समस्या भएको थियो ।
शनिवार विहान उद्धार कार्यमा पुगेको टोलीले स्थानीयवासिन्दाहरुको सहयोगमा ठाउँ ठाउँमा पानी कुलेसो वनाएर कटाउने, जम्मा भएको पानी वाल्टिनले र कचौराले फाल्ने र खन्दै माटो फाल्ने काम गर्दा शनिबार दिउँसो उनलाई सकुशल उद्धार गर्न सकिएको निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले जानकारी दिनुभयो । ती व्यक्ति भासिएको ठाउँ एकान्त भएको, पहिला त्यो वाटो हुँदै पैदलयात्री हिड्ने गरेको भएपनि अहिलेसुनारपानीवाट सिधै सालुसम्म गाडी चल्ने भएकाले त्यो वाटो कम मात्र पैदल यात्री हिड्ने गरेका छन् । जसका कारण उनी फसेको कसैले पनि देखेनन् र बिहीबारको रात उनले दलदलमा डुबेरै विताए । अवस्था सामान्य जस्तो देखिए पनि उनको खुट्टाा सुन्निएको छ भने हिलोले छाला खाएको छ । उनलाई उपचारको लागि मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ cp unn






Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment