नवलपरासीमा एम्बुलेन्स, बस र मोटरसाइकल ठोक्कियो, सातको मृत्यु

२०७१ असोज १ गते



१ असोज, काठमाडौं । नवलपरासीमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।  दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत तिलकपुर गाविस ४ तुल्सीनगरमा एम्बुलेन्स, बस र मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
बुटबलबाट बर्दाघाट जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस, लु १ च ३७३० नम्बरको एम्बुलेन्स र राजमार्गमा निस्कँदै गरेको लु ५ प नम्बरको ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
मृतक मध्ये ६ महिला र एक पुरुष छन् । एम्बुलेन्समा सवार तीनै जनाको मृत्यु भएको छ । रुपन्देहीका सविरुन मियाँ फकिर, महरुन निसा फकिर र साहिरानी साह भारतमा उपचार गरेर एम्बुलेन्समा फर्किने क्रममा दुर्घटनामा परेका थिए । उनीहरु तीनै जनाको मृत्यु भएको छ ।
यस्तै नवलपरासी रामग्राम ३ फुलेश्वर पासी र रुपन्देहीका हुसेन मियाको पनि मृत्यु भएको छ । दुई जनाको भने सनाखत हुन सकेको छैन ।
गम्भीर घाइते मध्ये एक जनाको देवदह मेडिकल कलेज रुपन्देही र चार जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment