प्रेम सुनार
गुल्मी, अशौज– १ । गुल्मीको तम्घासबाट सञ्चालित सामुदायिक रेडियो स्काई ९०. ४ मेघाहर्ज आज देखि चौथो वर्ष पार गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । उक्त रेडियो सञ्चालक समितिले आज विहान वार्षिक उत्सव विशेष कार्यक्रम गर्दै रेडियोमा बिश्वकर्मा पुजा समेत गरेको छ ।
कार्यक्रममा रेडियो स्काई सञ्चालक समितिका अध्यक्ष शालिक पन्थीले सम्पुर्ण श्रोता, विज्ञापनदाता वुद्धिजीवि, पत्रकारहरु एवं समस्त शुभेच्छुकहरु प्रति धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष पन्थीद्धारा जारी प्रेश विज्ञप्तीमा भनिएको छ–‘ गुल्मी जिल्ला कै पहिलो सामुदायिक रेडियो स्काईलाई माया गर्नु हुने समस्त श्रोता, विज्ञपनदाता, वुद्धिजीवि पत्रकार एवं शुभेकच्छुकहरु प्रति हार्दिक धन्यवाद ज्ञपन गर्दछौं । ’
उनले भनेका छन् –‘ श्रोताको चाहना अनुसार रेडियो स्काईले आफ्ना कार्यक्रमहरु परिमार्जित र परिस्कृत गर्दै लगिने छ । ’ उनले रेडियो स्काईको पाचौ वर्षिक उत्सवको अवसरमा विजय दशामी एवं शुभ दिपावलीको शुभकामना समेत दिएका छन् ।
त्यस्तै उक्त रेडियोका संयोजक पत्रकार घनश्याम गौतमले पनि सहकर्मीहरु , श्रोता र सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । कार्यक्रममा सञ्चालन समितिका सचिव गोविन्द गौतम , पत्रकार जनार्दन घिमिरे, यस समाचारदाता, शिव सुवेदी, अनिल खत्री लगायतले रेडियो स्काई परिवारलाई बधाई दिएका थिए । कार्यक्रमको अध्यक्षता अध्यक्ष पन्थीले गरेका थिए भने सञ्लान संयोजक गौतमले गरेका थिए ।
0 comments:
Post a Comment