तीज बिशेष कार्यक्रमको समिक्षा गरीयो




कुमार अविरल पन्थी कतार । 

गुल्मी सेवा समाज कतारले हिन्दु नारी हरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गरेको तीज बिशेष कार्यक्रमको समिक्षा गरेको छ । गत शुक्रबार होमल्यायण्ड रेष्टुरेण्टको सभा हलमा सम्पन्न समिक्षा बैठक सस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षता बसेको थियो साथै सस्थाका कार्यसमिति पदाधिकारीहरु सल्लाहकार समितको उपस्थिति रहेको थियो । गत २२ अगस्ट २०१४ का दिन तीज बिशेष कार्यक्रम दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपर मार्केटको सभाहलमा भव्यताका साथ सम्पन्न भएको थियो । प्रवासमा रहेर पनि नेपाली सास्कृतिको पहिचान, नेपाली रिती रिवाज तथा मौलिक परम्पराको जगेर्ना गर्दै विशेष गरी कतारमा रहेका महिला दिदी बहिनीहरुलाई मध्यनजर राख्दै कार्यक्रमको आयोजना गर्नु असामान्य कुरा हो । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आयोजना गरेको उक्त तिज बिशेष कार्यक्रम सस्थाले पहिलो पटक आयोजना गरेकोले केहि गल्ती एवम कमी–कमजोरीहरु भएकोमा सम्पूर्ण आयोजक नै दुखी बनेको छ । उक्त बैठकमा बोल्दै सस्थाका अध्यक्ष खड्काले कार्यक्रममा उपस्थित भएका कलाकारले आफ्नो प्रस्तुती देखाउने समय नपाउनु र प्राविधिक कारणले कार्यक्रमलाई केहि खल्लो बनाएकोमा आयोजक सबैलाई दुःखी तुल्याएको बताउनु भएको छ । उहाले कार्यक्रममा उपस्थित तमाम दर्शक, विभिन्न संघ–संस्थाको प्रतिनिधित्व गरेर आउनु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि,पत्रकार लगायत कार्यक्रमका निम्ती सहयोगी भूमिका खेल्नु हुने सम्पूर्ण व्यक्तिहरु, कार्यक्रममा खटिएका स्वयंसेवक सबै प्रति धन्यवाद दिदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा गर्दछौ भन्नु भयो । साथै सस्थाले आगामी दिनहरुमा आयोजना गर्ने कार्यक्रमहरुमा गल्ती तथा कमि कमजोरीलाई सुधारेर लैजाने पर्तीवद्धता व्यक्त गरिएको छ । तीज बिशेष कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण संघ–सस्था, पत्रकार, मिडियाकर्मी एवम विभिन्न व्यक्तित्वहरुलाई बिशेष धन्यवाद प्रकट गरिएको छ । यसैगरी उक्त कार्यक्रमलाई प्रत्यक्ष प्रशारणमा सहयोग पुराउने गुल्मी जिल्लामा रहेको सामुदायिक रेडियो स्काई ९० दशमलव ४ मेगाहर्ज र अनलाईन मिडिया पार्टनरको रुपमा सहयोग पुराउने गुल्मी टाइम्स डटकमलाई बिशेष आभार एवम धन्यवाद व्यक्त गरीएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा गुल्मी सेवा समाज कतारले आयोजना गरेको तिज बिशेष कार्यक्रम कतारका सस्थाहरुको इतिहासमा पहिलो प्रस्तुती बन्न सफल भएको छ । सल्वा रोड स्थित क्वालिटी हाईपर मार्केटको सभाहलमा सम्पन्न तिज विशेष कार्यक्रममा भब्य सास्कृतिक प्रस्तुती संगै तिजको दरखाने व्यवस्था समेत गरिएको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment