घोडालाई पानको लत लागेपछि………..!

  घोडाले घाँसपात तथा दानापानी पो खानुपर्ने हो । यो जनावर चुरोट, सूर्ति तथा पानको अम्मली बन्नु नपर्ने हो । तर भारतमा भने एउटा घोडा पानको अम्मली बनेको छ ।

भारतको मध्यप्रदेशस्थित इन्दौरको राजबाडा चोकमा रहेको एक पसलमा एउटा घोडा दिनहुँ पान खान आउँछ । उक्त पान पसलमा सहरका नामूद मानिसहरु समेत पान खान आउने गर्छन् र दिनहुँ आउने अम्मली घोडा देख्दा अचम्ममा पर्छन् ।

बादल नामको त्यो सेतो घोडाको उमेर ७ महिनाको मात्र छ । तर पछिल्ला केही हप्तादेखि पान पसलको नियमित विशेष ग्राहक बनेको त्यो घोडा मानिसहरुका लागि चर्चाको विषय बनेको छ ।

जिन्सी भन्ने ठाउँका व्यापारी गोलू कश्यपले केही समय पहिले त्यो घोडा किनेर आफ्नो घरमा ल्याएका थिए । गोलूले हरेक विहान बादललाई व्यायाम गराउनका लागि आफ्नो जिपमा बाँधेर खुल्ला मैदानमा दौडाउने गरेका छन् ।

केही दिन पहिले पोलोग्राउण्ड इलाकामा बादललाई दौडको अभ्यास गराएपछि जिपमै बाँधेर उनी पान किन्न राजबाडा आएका थिए । त्यस दिन गोलूले आफुले मात्र पान नखाएर बादललाई पनि मिठा पान खुवाएका थिए ।
त्यसदिन पान खाएपछि घोडालाई निकै मन परेर लत नै लागेछ क्यारे अर्को दिन दौड सकिने बित्तिकै आफुलाई बाँधेको जिपलाई नै राजबाडा तर्फ तान्न थाल्यो । कहाँ जाँदो रहेछ भनेर गोलू घोडाले ताने तर्फ नै जिप हाँके । बादल त राजबाडाको अन्ना भैयाको पान पसलमा गएर टक्क अडियो ।

त्यसपछि बल्ल बुझियो घोडाको पानको अम्मल । अहिले त दिनहुँ सुरुमा घोडालाई बिहानै अन्ना भैयाको पान पसलमा लगेर ४-५ वटा मिठा पान खुवाएपछि मात्र गोलूले दौडको व्यायाम गराउने गरेका छन् । पानको धित नमरुन्जेल बादलले अन्ना भैयाको पान पसलबाट डेग सार्दैन ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment