नुवाकोटमा बस दुर्घटना, ७ जनाको मृत्यु, ३० यात्रु घाइते


७ कात्तिक, विदुर । नुवाकोटको बेलकोटमा बा २ ख २२६६ नम्बरको बस शुक्रबार विहान दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको बस बेलकोट गाविस वडानम्बर ५ को टीगाउँस्थित आर्कोटे भीरबाट झण्डै एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा एक विदेशी सहित ७ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको छ । दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाडौं र विदुर पठाइएको छ ।
क्षमता भन्दा धेरै यात्रु चढेकाले बस दुर्घटना भएको अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार बसभित्र र छतमा समेत यात्रुहरु खचाखच थिए ।
दुर्घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् । नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार टोली उतारेको थियो ।
घटनास्थल नुवाकोट सदरमुकाम विदुरबाट २५ किलोमिटर पूर्व पर्दछ ।

















Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment