लेखक :- प्रदीप अर्याल
हङकङ

मैंले मेरो गाउका सबै घरका आँगन कुचेको छु ।
सबैका घर घरमा पुगेर आसिष दियेको छु दक्षिणा लिऐको छु तिहारमा ........!
म देउसि भट्याउथे,
भन्थे - "यो घरका बुवा आमा काँस झै फुलुन, बाँस झै नुगुन । छोरा हरु जर्मनै जाउन, लण्डनै जाउन"
कस्तो अचम्म, लौ हेर त आसिष त कस्तो रेफ नविरि लाको रैच गाँठे,
गाउ त रित्तियेच ...!
म जस्तै अरु देउसि ले दियेका आसिष हामिलाई पनि ठामको ठाम लागे । जहाँ लाग्नु थियो त्यहि लागे.......!
बिडम्बना म अहिले बिदेशमा छु, बिदेशमा..!
देउसिले भनेझै बा आमा काँस झै फुले..बाँस झै नुगे ।
आँ आँ आँ गरेर बाउआमा कुरेका ढुकुरका बचेरा झै ढ्वाङ्ग्रे घरमा जेनतेन परान थामेका छन् । अझ डिगंा झुण्ड़्ायेका छन् गोठमा ...! के तिनि हरु सबै छाक पकाऐर खादाँ हुन ?
दुवै लाई ऐकै चोटि लहरें खोकि बल्जिदा मध्येरातमा मेरो घरको हालात कस्तो हुदो हो?
कति विलाप गर्दा हुन ..ति .?
कठै कुनै बेला ईन्द्रियहरु निस्काम हुदाँ .... । शौच ओच्छानमा लतपतिदा ...! कति सराप्दा हुन आफैले आफैलाई .....! कति अभाग हुँदा हुन ..? दैव ..!
काल आईजा भनेर कति भाकल गर्दा हुन ,!
तर पनि .... फोनमा दुई मिनेट पुरै खोकेपछि सासै सासले भन्छन्, सन्चै छम बावु हामि तिम्लाई कस्तो छ ?
अझ पनि हाम्रै चिन्ता छ उनि हरुलाई ...! कति अटेको रैच गाँठे सहनसिलता, कति क्षमता वान हुन ......?
भैलि सुनत "अव यस्तो आसिष नदेऊ है"
हेर तिम्रा आसिष ले गाऊहरुको हालात ?
हेर ति झुपडि पच्छेका आहाल बृद ...!
अब भन ... गाउमै बसुन,
देशमै बसुन,
सबै परिवार साथमै बसुन,
कृषिबाट उध्धमी बनुन,
गाई पालुन,
बाख्रा पालुन,
बाउआमा को सेवा गरुन,
है यहि भन है ,!
सबै देउसि लाई मेरो यहि खवर भनिदेउ है !
समाप्त
0 comments:
Post a Comment