बामदेव जाँदा एमाले सधैं बदनाम, चुनावको ऋण तिर्न गृह मन्त्रालय रोजेको खुलासा

२०७१ असोज २९ गते 

फाइल फोटो
फाइल फोटो
२९ असोज, काठमाडौ । सिंगो प्रशासन र प्रहरी संयन्त्रलाई सञ्चालन गर्न पाइने भएकाले निकै आकर्षक मानिने गृह मन्त्रालयको जिम्मेवारी तेस्रो पटक सम्हालिरहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम एमालेका त्यस्ता सौभाग्यशाली नेता पर्छन, जसलाई एमालेले पटक पटक महत्वपूर्ण जिम्मेवारीका लागि पत्याउँदै आएको छ ।
तर, हरेक पटक महत्वपूर्ण जिम्मेवारी पाए पनि उनले विवादस्पद काममा मात्र महारथ कायम गर्दै आएका छन् । जसको कारण, आम जनतामा एमालेको छवि उज्वल होइन, धुमिल तुल्याउन गौतमले भूमिका खेल्दै आएका छन्, बुधवार साप्ताहिकमा खबर छ ।
पछिल्ला पटक गृहमन्त्री हुँदा गौतमले आफ्नो अहिलेको कार्यकाल विवादमुक्त हुने उद्घोष गरेका थिए । तर आफैले घोषणा गरेभन्दा विपरीत उनी दिनदिनै एकपछि अर्को विवादमा फस्दै गएका छन् । चुनाव लड्दा लागेको ऋणबाट पार पाउन आफूले गृह मन्त्रालय माग राखेका प्रहरीको सरुवा बढुवालगायतमा निकै चर्को चलखेल गर्ने गरेका छन् ।
आफूले मात्र नभ्याएको खण्डमा परिवारका सदस्यलाई समेत सरुवा, बढुवाका काममा सामेल तुल्याएर आर्थिक चलखेललाई चर्को तुल्याएको बताइन्छ । नेपाल प्रहरीको रिक्त रहेको १३ जना डीआईजीमा बढुवा गर्दा उनले एसएसपीहरुबाट मोटो रकम असुलेको आरोप प्रहरी भित्रैबाट लागेको छ ।
उनले रविप्रताप राणा, ज्ञानोदराज वैद्य, रणबहादुर चन्द र हेमन्त पालहरुलाई छुटाएर पैसाको चलखेलमा रामप्रसाद खनाल, मनोहर रिमाल, पूर्णसिंह खड्का, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, विजयलाल कायस्थ, मधु पुडासैनी, केशरीराज घिमिरे, माधव जोशी, मिङमार लामा, पंकज श्रेष्ठ, माधव नेपाल पर कमलसिंह बमलाई बढुवा गरेका थिए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment