रुखमा झुण्डिएको अवस्थामा भेटिए युगल जोडी

एउटै डोरीमा पासो लगाई आत्महत्या

२०७१ कार्तिक ८ गते 

८ कात्तिक, सोलुखुम्बु । ‘एउटै डोरी पासो लगाऔं भो’ भन्ने दोहोरी गीतमा जस्तै दृश्य सोलुखुम्बु जिल्लाको वाकु-४ सिबुचेस्थित जङ्गलमा देखिएको छ ।
Hangingगत साउनमा एकैसाथ हराएको एक युगल जोडी ‘लभ’ गरेर शहरतिर भागेको गाउँलेले अनुमान लगाएका थिए । तर, उनीहरुको शव सिबुचेको जंगलमा रुखमाथि एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा भेटिएको छ ।
शवको अवशेषमात्रै छ । सुसाइड नोटका आधारमा प्रहरीले उनीहरुको पहिचान गरेको छ ।
एउटै डोरीमा पासो लगाएर आत्महत्या गर्नेमा वाकु-३ रोचमका गोकुल राई र सविता राई रहेको प्रहरीले बताएको छ ।
उमेरले दामले भए पनि नाताले उनीहरु काका भतिजी पर्थे । आपसमा प्रेम सम्बन्ध कायम भएपछि उनीहरु एकसाथ गाउँबाट भागेका थिए ।
काका भतिजी नाता पर्ने गोकुल  र सविता गाउँबाट ०७० साल साउन महिनामा एकै समयमा हराएका थिए । गाउँमा उनीहरू भागेको हल्ला भएको थियो ।
मृतकहरुको सुसाइट नोटअनुसार उनीहरुले गत साउन ११ गते आत्महत्या गरेका थिए । तर, शवको अवशेष भने ३ महिनापछि मात्रै फेला परेको हो ।
तीन महिनामा शव क्षतविक्षत भैसक्दा पनि साउने झरीमा सुसाइट नोट लेखेको डायरी भने पढ्न सकिने अवस्थामा भेटिनु अर्को उदेकलाग्दो भएको छ ।
विसं ०७० साउन ११ गते मिति उल्लेख गरिएको सुसाइट नोटका आधारमा सोही मितिमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थल नजिकै उनीहरूले प्रयोग गर्ने दुई थान मोबाइल सेट पनि फेला परेको छ । शवको अवशेष भने केही भागमात्रै भेटिएको छ ।
उनीहरूको डायरी र सुसाइट नोटसमेत भेटिएकाले उनीहरूले आत्महत्या नै गरेको प्रहरीको ठहर छ ।
सोताङबाट खटिएको प्रहरी टोलीले उनीहरूको सनाखत गरी आफन्तले शव पहिचान गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment