२० असोज, काठमाडौं । दसैं टीकाको चौथो दिन आज पनि टीका, जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिनदेखि लगाउन थालिएको टीका, जमरा पूर्णिमाका दिन सम्म चल्ने छ ।
दशमीका दिन टीका लगाउन नभ्याएकाहरुले पूर्णिमासम्म नै टिका लगाउने गर्दछन् । बडादसैंमा घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक राखिएको जमरा र ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, प्रसाद विजयादशमीका दिनदेखि मान्यजनको हातबाट थापेर आशीर्वाद लिने परम्परा छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।
ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।
0 comments:
Post a Comment