खबरदार ! चंगा उडाउँदा विमानमा ठोक्किएला !

विमानस्थल वरपर चंगा उडाउनेलाई कारवाहीको चेतावनी

२०७१ असोज ३१ गते 
फाइल तस्वीर
फाइल तस्वीर
३१ असोज, काठमाडौं । दशैं तिहार चंगा उडाउने मौसम हो । यतिबेला बालबालिका र युवायुवती ‘चंगा चेटमा’ रमाइरहेका हुन्छन् । तिहारमा तपाईको पनि चंगा उडाउँदै रमाइलो गर्ने योजना बनेको छ भने विचार पुर्‍याउनुस् । किनकि तपाईले उडाएको चंगाले विमानको आवत जावतमा असर पार्न सक्छ र तपाई कारवाहीमा पर्न सक्नुहुन्छ ।
चंगाले विमानलाई असर गरेको भन्दै नागरिक उड्डयन प्राधीकरणले विमानस्थल आसपास चंगा उडाउन निषेध गरेको छ । चंगाले विमान उडान र अवतरणमा बाधा पुर्‍याएकाले विमानस्थल आसपासमा चंगा उडाउन निषेध गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्बजनिक सूचना नै जारी गरी विमानलाई असर पर्ने गरी चंगा नउडाउन चेतावनी दिएको छ । ‘वायुयानको उडानमा अवरोध पुग्ने गरी चंगा नउडान तथा उडाउन नदिन सबैलाई जानकारी गराइन्छ,’ उड्डयन प्राधिकरणले निकालेको सार्बजनिक सूचनामा उल्लेख छ ।
यो सूचनालाई बेवास्ता गरेमा कानूनबमोजिम कारवाही गर्ने समेत प्राधीकरणले चेतावनी दिएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment