सारङ्गी रेट्दै बित्ने भो सुरेशको जीवन

  • कलाकारलाई राज्यले हेर्ने नीति नहुँदा माग्नेको जस्तै अवस्था -


  • नरेन्द्र बस्नेत
मोरंग, असोज २२– उमेरले झण्डै ६ दशक पार गर्ने तयारी गरिरहेका बेला शुरेस गन्धर्र्बले सारङगी रेटेर गाँउ बस्तीहरुमा जनताको गीत सुनाएको पनि झण्डै पाँच दशक पुगिसकेको छ । तर बिडम्बना यतिका बर्ष सारङगी रेट्दा पनि उनलाई जिबन चलाउन धौ–धौ परि नै रहेको छ ।
photocat (1)यतिबेला गन्धर्बको साथमा एउटा झोलामा सारङगी र मिठो स्वर बाहेक केही छैन । जिबन गुजारा गर्ने गतिलो आधार,न त बैङक ब्यालेन्स नै छ न त घरघडेरी नै छ उनीसँग केबल आत्मविश्वास । विस २०१२ साल असार २५ गते भोजपुर जिल्लाको जरायोटार माङदीनमा जन्मिएका गन्धर्ब गाँउ बेसीमा सारङगी चाँही सानै उमेरदेखी रेट्न थालेको बताउँछन । सोही क्रममा २०२७ सालमा सुनसरीको धरानमा बसोबास गरिरहेका गन्धर्बले २०३१ सालमा विवाह गरे अनि ८ जना सन्तानका पिता पनि बने । उनका एक छोरा सारङगीकै बिषयमा अध्यायनरत छन्, एक बुहारी एकमात्र नेपालकी सारङगी बजाउने महिलाका रुपमा परिचित छिन, उनी हाल विदेशमा रहेकी छिन । भने अन्यले यतिखेर अरु नै जिवन जिउने बिकल्प रोजिसकेका छन् ।
वि.स. २०४९ सालमा रेडियो नेपालमा रिङके बुङको राँगालाई नामक गीत रेकर्ड गराएर सर्वाधिक श्रोताहरुको मन जित्न सफल भएका गन्धर्बले अहिले सम्म ६ वटा गीतहरु रेकर्ड गराई सकेका छन्, भने गरीबको दुःख गएन नामक गीत जुन आफनै कथा व्याथा समेटिएको छ । रेकर्ड भईरहेको छ । गन्धर्बको एउटै गुनासो छ राज्य र सम्बन्धित पक्षसँग कलाकारलाई बाँच्ने अवस्था नबनाई दिएकोमा । आर्थिक अवस्थाकै कारण आज आफ्नो यो हबिगत भएको उनको गुनासो छ ।
नेकपा एमालेका मनोमोहन अधिकारीदेखी गिरिजाप्रसाद कोइराला हुँदै नेपालका सबैजसो राजनीतिक दलका कार्यक्रममा सारङ्गी रेटेर उनीहरुलाई भोट माग्न सघाईसकेका गन्धर्बलाई भोट नजितिञ्जेलसम्म दिएको आश्वासन र जितेपछि फर्केर नहेरेको प्रति उनको ठुलो गुनासो रहेछ ।
कुनैबेला खर्साङ र दार्जिलिङमा रेडियोमा समेत काम गरेका गन्धर्ब केही बर्ष रोगले थलिएपछि शुभचिन्तकहरुले साथ दिएर उपचार गरिदिएपछि यतिखेर पुन सक्रिय भएका छन् । पूर्वका विभिन्न जिल्लादेखी भारतका विभिन्न ठाँउका कार्यक्रममा सहभागी भएर उनले त्यहीबाट आएको सामान्य रकमले गुजारा चलाईरहेका छन । गन्धर्बहरुको संस्कृति र सारङगी लोप हुँदै गएको प्रति उनले दुःख प्रकट गरे र आफु बाँचुञ्जेल यसको संरक्षणमा लाग्ने समेत बताए । झोलामा सारङ्गी बोकेर जनताका गीत गाउँदै मोरङको बेलबारी पुगेका गन्धर्बले भने हामीजस्ता कलाकारलाई राज्यले हेर्ने नीति नहुँदा कलाकारको अबस्था माग्नेको जस्तै भयो । बाँच्न साह्रै गाह्रो भयो मेरो एउटै माग छ, राजयले कलाकारको अपमान होईन सम्मान गर्न सिकोस ।
 -

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment