मोदीको सुरक्षाका लागि लुम्बिनीमा भारतीय सुरक्षाकर्मी परिचालन गर्ने तयारी

भुटानका राजा र श्रीलंकाका प्रधानमन्त्रीले पनि लुम्बिनी भ्रमण गर्ने

२०७१ कार्तिक १३ गते 

Modi-in-shihadarbarसलमान खान
१३ कार्तिक, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा उनको सुरक्षाका लागि सादा पोशाकमा भारतीय सुरक्षाकर्मी खटाइने तयारी थालिएको छ । मोदी आउने चर्चासँगै लुम्बिनीमा अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गर्ने कार्यतालिका बनेपछि रुपन्देही प्रशसानले सुरक्षा सर्तकर्ता बढाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
‘हामीले अहिलेसम्म त्यस्तो केही निर्देशन आएको छैन, प्रजिअ पन्थीले अनलाइनखबरसँग भने, ‘तर हामी अर्लटमा छौँ ।’
सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउने क्रममा भारतीय प्रधानमन्त्री मोदी भारतको पटना हुँदै जनकपुर आउनेछन् । जनकपुरको रामजानकी मन्दिरमा पूजापाठ गरेपछि मात्रै उनी काठमाण्डौँ जाने कार्यक्रम छ ।
मोदीको कार्यतालिमा लुम्बिनीको मायादेवी मन्दिर अवलोकन गरेर दिल्ली फर्किने कार्यक्रम छ । नेपाल सरकारले मोदीको स्वागत जनकपुरमा गर्नेछ भने बिदाइ लुम्बिनीबाट ।
सार्क सम्मेलनमा भाग लिन आएका बेला भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक र श्रीलंकाका प्रधानमन्त्री डीएम जयरत्नेले पनि लुम्बिनीको भ्रमण गर्ने सुरक्षा स्रोतले बतायो ।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा श्रीलंकाका प्रधानमन्त्री र भुटानका राजासमेतले लुम्बिनीको मायादेवी मन्दिर दर्शन गर्ने कार्यक्रम बनेको छ ।
विदेशी सरकार प्रमुखहरुको आगमनको खबरसँगै सुरक्षा स्थिति मजबुद बनाउन थालिएको बताइए पनि मोदीको लुम्बिनी भ्रमणबारे केन्द्रबाट ओपचारिक पत्र आइनसकेको जिल्लाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक र श्रीलंकाका प्रधानमन्त्री डीएम जयरत्ने
भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक र श्रीलंकाका प्रधानमन्त्री डीएम जयरत्ने
भारतीय सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहने
स्रोतका अनुसार मोदीको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीका साथसाथै भारतीय सुरक्षाकर्मी पनि साधा पोसाकमा लुम्बिनीमा तैनाथ रहने छन् ।
भारतीय सुरक्षा एजेन्सीले मोदी आउनुभन्दा एक हप्ता अगावै नै लुम्बिनीको सुरक्षा व्यवस्था बुझी भारतीय राजदुतावासलाई जानकारी गराउने छ । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘उनीहरु यहीँ लुम्बिनीमै सुरक्षाका लागि बसोबास गर्नेछन् ।
एसपी भन्छन्- हामी तयार छौँ
रुपन्देहीका प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भन्नेबारे आधिकारिक पत्र प्राप्त नभए पनि आफूहरु पूर्ण रुपमा तयार रहेको बताए ।
‘हामीले एकीकृत सुरक्षा योजना बनाएको छौं’, एसपी ढकालले भने, ‘मोदीको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी खटिने छन् ।’
चारवटा घेरामा मोदीको सुरक्षा
लुम्बिनीको मायादेवी अवलोकन गर्ने क्रममा मोदीको सुरक्षा नेपाली सेना गर्नेछ । मोदीको सुरक्षामा करिब २ सय नेपाली नेपाली सेना र ५/५ सय सशस्त्र र जनपद प्रहरी तैनाथ रहने छन् ।
सुरक्षाको पहिलो घेरामा मोदीका सुरक्षाकर्मी रहने छन् भने दोस्रो घेरामा नेपाली सेना, तेस्रो घेरामा सस्शत्र प्रहरी र अन्तिम घेरामा चरणमा जनपद प्रहरी खटिनेछन् ।
नेपाली सेना हेलिकोप्टरमा ल्याउन तयार
सुरक्षाको दृष्टिकोणले मोदीलाई काठमाण्डौँबाट लुम्बिनीसम्म नेपाली सेनाको हेलिकप्टरमा ल्याउने तयारी भइरहेको स्रोतले अनलाइनखबरसँग भन्यो ।
तर, उनी आफ्नै विशेष बिमानबाट लुम्बिनी आउने सक्ने स्रोतले बतायो । मोदीको टोली लुम्बिनीबाट काठमाडौं नफर्किई भारत जाने बताइएको छ ।
भुटानी राजा र श्रीलंकाली प्रधानमन्त्रीलाई भने सेनाले लुम्बिनीबाट कमाठमाडौं फर्काउने कार्यक्रम रहेको बताइएको छ ।
खाजा, खाना केही नखाने
सुरक्षाको दृष्टिकोणले भारतीय प्रधानमन्त्री श्रीलंकाका प्रधानमन्त्री र भुटानका राजाले लुम्बिनीको मायादेवी मन्दिर अवलोकन गरेर तुरुन्तै फर्किने छन् । उनीहरुले लुम्बिनीमा खाना, खाजा केही पनि खाने छैनन् ।
सीमानाका बन्द हुन सक्ने
मोदीको लुम्बिनी भ्रमणका बेला नेपाल-भारतको सीमानाका बन्द हुन सक्ने सुरक्षा स्रोतले अनलाइनखबरलाई बतायो ।
‘मोदी लुम्बिनीमा रहुञ्जेलसम्म लुम्बिनी क्षेत्रको नेपाल-भारत सीमानाका कर्करहावा बोर्डर सिल गरिनेछ,’ स्रोतले भन्यो, ‘सुरक्षाको दृष्टिले कर्करहावा बोर्डर हुँदै कुनै पनि व्यक्ति नेपालदेखि भारत वा भारतदेखि नेपालमा प्रवेश गर्न पाउने छैनन् ।’
सर्वसाधारण र मिडियालाई टाढै राखिने
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने क्रममा सर्वसाधारण र मिडियालाई करिब २ किलोमिटर टाढा राख्ने योजना बनेको स्रोतले बताएको छ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment